नेपालमा कोरोना संक्रमण देखिए काठमाडौंका ३ अस्पतालमा उपचार गरिने | Khabarhub Khabarhub

नेपालमा कोरोना संक्रमण देखिए काठमाडौंका ३ अस्पतालमा उपचार गरिने


२ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले नेपालमा कोरोना भाइरसको संक्रमण फैलिएमा काठमाडौं उपत्यकाका ३ वटा अस्पतालमा उपचार गर्ने व्यवस्था गरेको छ ।

आइतबार राष्ट्रिय सभा बैठकमा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोना भाइरसको सम्भावित संक्रमण रोक्न सरकारले गरीरहेको तयारीबारे जानकारी दिँदै नेपालमा कोरोना भाइरसको संक्रमण देखिएमा उपत्यकाका ३ वटा अस्पतालमा उपचार गर्ने व्यवस्था गरिएको जनकारी दिएका हुन् ।

मन्त्री ढकालले काठमाडौंमा रहेका तीन वटा अस्पताललाई कोरोनाको उपचारका लागि प्रयोग गर्ने तयारी भइरहेको बताए ।

‘भोली यो संक्रमण फैलिएको अवस्थामा सबै अस्पतालमा संक्रमित बिरामीलाई पठाउने भन्दा पनि मूलभुत रुपमा उपत्यका भित्रका ३ वटा अस्पतालमा केन्द्रित हुने र त्यसमा यो रोगका बिरामीको उपचार गर्ने कुरालाई प्राथमिकता दिने व्यवस्था गरेका छौं,’ मन्त्री ढकालले भने, ‘सरकारले पहिलो प्राथमिकता यो रोगलाई नेपाल भित्रिन प्रवेश हुन नदिने लक्ष्यका साथ उच्च सावधानी अपनाइ राखेका छौं ।’ मन्त्री ढकालले नेपालमा कोरोना भाइरसको संक्रमण देखिएमा संक्रमित बिरामीको सम्पूर्ण उपचारको व्यवस्था राज्यले गर्ने बताए ।

स्वास्थ्य मन्त्री ढकालले कोरोना भाइरसको संक्रमित व्यक्तिको उपचारका लागि देशभरका विभिन्न अस्पतालहरुमा गरी २ सय ३५ वटा आईसीयू व्यवस्थापनको तयारीमा समेत रहेको बताए ।

काठमाडौं उपत्यका भित्र १ सय २० र काठमाडौं उपत्यका बाहिर १ सय १५ गरी २ सय ३५ वटा आईसीयूको व्यवस्थापनमा आफूहरु जुटेको मन्त्री ढकालको भनाइ छ ।

मन्त्री ढकालले हालसम्म ४ सय ६४ जनामा कोरोना भाइरसको परीक्षण गरीएको र ती सबै व्यक्तिको रिपोर्टमा कोरोना नेगेटिभ देखिएको बताए । नेपालमा हालसम्म १ जना व्यक्तिमा कोरोनाको संक्रमण देखिएको र ती व्यक्तिलाई पनि निको भइसकेको मन्त्री ढकालको दाबी छ ।

नेपालमा कोरोनाको संक्रमण भित्रिन नदिन सरकारले बनाएको समितिले हरेक २ दिनमा एकपटक बैठक बस्ने गरेको जानकारी दिए ।

स्वास्थ्य मन्त्री भानुभक्त ढकालले कोरोना भाइरस देखिएका राष्ट्रहरुमा ९२ प्रतिशत बिरामी सामान्य अवस्थामा रहेको र ८ प्रतिशत मात्र गम्भिर अवस्थामा रहेको बताए ।

कोरोना भाइरसको संक्रमितको मृत्यु हुनेमा ८० वर्षभन्दा माथिका व्यक्तिहरुमा १४ दशमलब ८ प्रतिशत रहेको मन्त्री ढकालले बताए ।
यस्तै, ७० देखि ७९ वर्षका व्यक्तिमा प्रतिशतमा ८ प्रतिशत, ६० देखि ६९ वर्षका व्यक्तिमा ३ दशमलब ६ प्रतिशत, ५० देखि ६९ वर्षका व्यक्तिमा प्रतिशतमा १ दशमलब ३ प्रतिशत, ४० देखि ४९ वर्षका व्यक्तिमा ० दशमलब ४ प्रतिशत, १० देखि ३९ वर्ष सम्मका व्यक्तिमा ० दशमलब २ प्रतिशतको मृत्यु भएको उनको भनाइ छ ।  जन्मदेखि ९ वर्ष उमेर समुहका बिरामीको मृत्युदशर निकै कम रहेको मन्त्री ढकालले बताए ।

कोरोनाको विश्वव्यापी अवस्ठाबारे जानकारी दिँदै मन्त्री ढकालले क्यानडाका प्रधानमन्त्रीकी पत्नि, अस्टेलियाका गृहमन्त्री, बेलायतका स्वास्थ्यमन्त्री, इरानका उपराष्ट्रपति र स्वास्थ्यराज्य मन्त्रीमा कोरोनाको संक्रमण देखिएको बताए ।

यस्तै, मंगोलियाका प्रधानमन्त्री चीन भ्रमणपछि १४ दिने क्वारेन्टाइनमा रहेको ढकालले बताए । नेपाल सरकारले अन्य मुलुकामा देखिएको संक्रमणको अवस्था अनुसार  तयारी गरिरहेको मन्त्री ढकालको भनाइ छ ।

प्रकाशित मिति : २ चैत्र २०७६, आइतबार  २ : ११ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम