रणनीतिक र दीर्घकालीन दृष्टिकोणबाट द्विपक्षीय सम्बन्ध अघि बढाउन मोदी-सी सहमत « Khabarhub

रणनीतिक र दीर्घकालीन दृष्टिकोणबाट द्विपक्षीय सम्बन्ध अघि बढाउन मोदी-सी सहमत


२७ भाद्र २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतको राजधानी नयाँ दिल्लीमा १८ औँ ब्रिक्स शिखर सम्मेलन जारी छ । सम्मेलनको साइडलाइनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिन्पिङबीच द्विपक्षीय भेटवार्ता भएको छ। भेटका क्रममा चिनियाँ राष्ट्रपति सीले चीन र भारतले आफ्ना द्विपक्षीय सम्बन्धलाई रणनीतिक दृष्टिकोणका साथै दीर्घकालीन विकासलाई ध्यानमा राखेर हेर्नुपर्ने बताएका छन् ।

दुई देशबीच केही भिन्नताहरू भए पनि चीन र भारतले साझा विकास हासिल गर्न एकअर्कालाई सहयोग र समर्थन गर्दै आएको राष्ट्रपति सीले उल्लेख गरे । शनिबार मात्रै नयाँ दिल्ली ओर्लिएका सीले यसबीचमा प्रधानमन्त्री मोदीसँग २० भन्दा बढी पटक भेटवार्ता भई धेरै महत्त्वपूर्ण सहमतिहरू भएको उनले स्मरण गरे । विश्वकै सबैभन्दा बढी जनसङ्ख्या भएका र ‘ग्लोबल साउथ’का सदस्य राष्ट्रका रूपमा चीन र भारतको मानव जातिको साझा भविष्यप्रति महत्त्वपूर्ण जिम्मेवारी रहेको उनको भनाइ थियो ।

भेटवार्तामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको ब्रिक्स अध्यक्षताका क्रममा चीनले पुर्‍याएको सहयोग र समर्थनका लागि धन्यवाद ज्ञापन गर्दै राष्ट्रपति सीलाई स्वागत गरेका थिए । उनले यस भेटवार्ताले दुई देशबीचको द्विपक्षीय सहकार्यका विविध विषयमा छलफल गर्ने अवसर प्रदान गरेको बताए ।

सम्मेलनका क्रममा ब्रिक्स सदस्य राष्ट्रहरूले सर्वसम्मतिले नयाँ दिल्ली घोषणापत्र २०२६ पारित गरेका छन् । उक्त घोषणापत्रमा पश्चिम एसियामा जारी तनावप्रति गम्भीर चिन्ता व्यक्त गर्दै अधिकतम संयम अपनाउन, नागरिक तथा सर्वसाधारण पूर्वाधारको सुरक्षा गर्न र कूटनीतिक माध्यमबाट शान्ति कायम गर्न आह्वान गरिएको छ। साथै, अन्तर्राष्ट्रिय कानूनअनुसार विश्वव्यापी व्यापार, आपूर्ति शृङ्खला र ऊर्जाको सहज प्रवाह कायम राख्न मिलेर काम गर्नुपर्नेमा जोड दिइएको छ ।

सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रपति सीले चीनले आगामी वर्ष ब्रिक्सको अध्यक्षता ग्रहण गर्दै १९ औँ ब्रिक्स शिखर सम्मेलन आयोजना गर्ने घोषणा समेत गरे । उता भारतीय प्रधानमन्त्री मोदीले विश्वव्यापी सुशासन सुधारका लागि १० वटा उपायहरू प्रस्ताव गर्दै ‘ग्लोबल साउथ’लाई निर्णय प्रक्रियाको मूलधारमा ल्याउनुपर्नेमा जोड दिएका छन् ।

प्रकाशित मिति : २७ भाद्र २०८३, शनिबार  ७ : ४८ बजे

रणनीतिक र दीर्घकालीन दृष्टिकोणबाट द्विपक्षीय सम्बन्ध अघि बढाउन मोदी-सी सहमत

काठमाडौं- भारतको राजधानी नयाँ दिल्लीमा १८ औँ ब्रिक्स शिखर सम्मेलन

भोटेकोशी बाढी : जलविद्युत् आयोजनामा फसेकाको उद्धार जारी

काठमाडौं– नेपाली सेनाले भोटेकोशी बाढीबाट विभिन्न जलविद्युत् आयोजनाको सुरुङ तथा

सिरहामा होहल्ला भएपछि कार्यक्रम छाडेर टाप कसेका शिक्षामन्त्री भन्छन्- भ्रम फैलाइयो

काठमाडौं- सिरहाको औरही गाउँपालिकामा आयोजित एक कार्यक्रममा होहल्ला भएपछि सरकारका

भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने

काठमाडौं– रसुवाको भोटेकोशीमा गएको बाढीका कारण स्थगन गरिएको भदौ महिनाको