आजका समाचार : नेपाल–चीन सहकार्यको केन्द्रमा जलवायु पर्यावरण, कार्यक्रम छाडेर शिक्षामन्त्री टाप, नेपाल एसिया कपमा छनोट र नयाँ दिल्लीमा ब्रिक्स सम्मेलन जारी « Khabarhub

आजका समाचार : नेपाल–चीन सहकार्यको केन्द्रमा जलवायु पर्यावरण, कार्यक्रम छाडेर शिक्षामन्त्री टाप, नेपाल एसिया कपमा छनोट र नयाँ दिल्लीमा ब्रिक्स सम्मेलन जारी


२७ भाद्र २०८३, शनिबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिरहामा होहल्ला भएपछि कार्यक्रम छाडेर टाप कसेका शिक्षामन्त्री भन्छन्- भ्रम फैलाइयो
सिरहाको औरही गाउँपालिकामा आयोजित एक कार्यक्रममा होहल्ला भएपछि सरकारका प्रवक्ता एवम् शिक्षामन्त्री सस्मित पोखरेल टाप कसेका छन् । गाउँपालिकाको शिक्षा शाखाले आयोजना गरेको कार्यक्रममा आफ्नै पार्टीका स्थानीय नेता–कार्यकर्ताले होहल्ला गरेपछि मन्त्री पोखरेल टाप कसेका हुन् ।

सहभागी कार्यकर्ताहरुले पार्टीको स्थानीय नेतृत्वसँग समन्वय नगरी एकलौटी रुपमा कार्यक्रम आयोजना गरिएको भन्दै होहल्ला गरेका थिए ।

बाहिरबाट आएका नेताहरुलाई ठूलो सम्मान दिइएको तर स्थानीय नेताहरुलाई आसन ग्रहण समेत नगराइएको उनीहरुले गुनासो पोखेका थिए । त्यसपछि आफू बोल्ने क्रममा चर्को विरोध भएपछि कार्यक्रम बीचमै छाडेर मन्त्री पोखरेल हिँडेका हुन् ।

यता मन्त्री पोखरेलले भने पूरा सन्दर्भ नबुझी छोटो भिडियोका आधारमा धारणा बनाउनु वा नियोजित भ्रमको पछि लाग्नु उचित नहुने प्रष्टोक्ति दिएका छन् । सामाजिक सञ्जालमा पोस्ट गर्दै उनले लेखेका छन्, ‘दुई जना व्यक्तिले आएर हल्ला गरेपछि बाँकी विद्यार्थी, शिक्षक र अभिभावकको सहभागिता प्रभावित हुने अवस्था बन्यो र हामी कार्यक्रमस्थलबाट बाहिरिएका हौँ।’

खुला पहुँच कार्यान्वयनका लागि दुई नयाँ निर्देशिकाको मस्यौदा सार्वजनिक

विपद्को सुरुवाती चरणमै प्रभावकारी व्यवस्थापन हुन नसक्दा मानवीय क्षति बढ्यो : कुलमान घिसिङ

जलविद्युत् आयोजनामा कार्यरतका आफन्त भन्छन् : ‘न सास भेट्यो न लास’

भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने

सिक्टा सिँचाइ : पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी

‘टिम्बुरे टु त्रिवेणी’ अपरेशन : शव व्यवस्थापन र ‘डीएनए’ परीक्षणलाई तीव्रता

नेपाल कुनै पनि बाह्य शक्तिको भूराजनीतिक खेलमैदान बन्नु हुँदैन : झलनाथ खनाल
पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाल कुनै पनि बाह्य शक्ति राष्ट्रको भूराजनीतिक खेलमैदान बन्न नहुने बताएका छन् । उनले नेपालको राष्ट्रिय हितलाई केन्द्रमा राख्दै असंलग्न र सन्तुलित विदेश नीति अवलम्बन गर्नुपर्नेमा जोड दिएका छन् ।

शनिबार ‘काष्ठमण्डप संवाद’ शृङ्खलाअन्तर्गत ‘नेपाल–चीन सम्बन्धः सहकार्यका विस्तारित आयाम’ विषयक कार्यक्रममा सम्बोधन गर्दै खनालले नेपालले छिमेकी मुलुक चीनसँगको सम्बन्धलाई आर्थिक विकास र पूर्वाधार निर्माणका क्षेत्रमा थप विस्तार गर्नुपर्ने बताए।

उनले नेपाल–चीन सीमापार रेलवे तथा ट्रान्स–हिमालयन बहुआयामिक कनेक्टिभिटी नेटवर्क निर्माणलाई तीव्रता दिनुपर्ने धारणा राखे। साथै, बीआरआई फ्रेमवर्कलाई अघि बढाउने, चिनियाँ लगानी भित्र्याउने तथा सन्तुलित व्यापार सम्बन्ध कायम गर्नुपर्नेमा उनले जोड दिए।

चीनको विकास मोडल तथा सामाजिक स्थायित्वबाट नेपालले महत्वपूर्ण पाठ सिक्न सक्ने खनालको भनाइ थियो ।

भोटेकोशी बाढी : शव पहिचानमा प्रहरीका तीन उपाय

नेपाल–चीन सहकार्यको केन्द्रमा जलवायु र पर्यावरण

बढ्दो जलवायु जोखिमप्रति नेपाल–चीन सहकार्य आवश्यक : झलनाथ खना

मन्त्री पुनको फेसबुक स्टाटसमा जेन-जीहरुको कमेन्ट : ‘लाचार अभियन्ता !’

युएईमाथि ४४ रनको शानदार जित, नेपाल एसिया कपमा छनोट

तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीले जितेको छ । आज मलेसियामा सम्पन्न फाइनल खेलमा युनाइटेड अरब इमिरेट्स (युएई) लाई ४४ रनले हराउँदै नेपालले दोस्रोपटक प्रिमियर कपको उपाधि जितेको हो ।

योसँगै नेपाली टोली सन् २०२७ मा बङ्गलादेशमा आयोजना हुने एकदिवसीय एसिया कपमा छनोट भएको छ । नेपालले दोस्रोपटक एसिया कपमा स्थान बनाएको हो । नेपालले यसअघि सन् २०२३ मा युएईलाई नै हराएर एसिया कपमा स्थान बनाएको थियो ।

गत संस्करणको विजेता बनेको युएई भने एसिया कप २०२७ मा स्थान बनाउन वञ्चित भयो । फाइनल खेलमा नेपालले दिएको ३१४ रनको लक्ष्य पछ्याएको युएई ४९ दशमलव एक ओभरमा २६९ रनमा अलआउट भयो । उसका लागि राुहल चोपराले १०५ बलमा तीन चौका र चार छक्कासहित अविजित १०० रनको पारी खेले पनि जितका लागि पर्याप्त भएन ।

नापजाँच सकिएको ५ वर्षपछि धनुषाका ३८५ परिवारले पाए लालपुर्जा
नापि कार्यालय धनुषाले नाप जाँच भएको करिब ५ वर्षपछि धनुषाको सवैला नगरपालिका वडा नं ८ ९साविक ठिला गाउँ विकास समितिका० ३८५ परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको छ ।

लामो समयदेखि स्ववासीका रूपमा बसोबास गर्दै आएका ३८५ परिवार औपचारिक रूपमा आफ्नो जग्गाको कानुनी स्वामित्व प्राप्त गरेका छन्।

नापजाँच सम्पन्न भए पनि जग्गा दर्ताका लागि आवश्यक जनसहभागिता न्यून हुँदा पुर्जा वितरणको प्रक्रिया लामो समय रोकिएको थियो। विगतमा नापनक्सा भइसकेको जग्गाको आवश्यक प्रक्रिया पूरा गर्दै ३८५ थान जग्गाधनी पुर्जा वितरण गरिएको हो।

पुनर्निर्माण र पुनःस्थापनामा ध्यान केन्द्रित गर्नुपर्छ : प्रचण्ड

सल्यानमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, चार घाइते

बाढीले सडक बगाएपछि रसुवाका बाढीपीडितलाई ‘ड्रोन’को सहारा

नेपाललाई समावेशी पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नुपर्नेमा जोड

ब्रिक्स सम्मेलनमा मोदी : ग्लोबल साउथलाई ‘नियम मान्ने’ बाट ‘नियम बनाउने’ स्थानमा पुर्‍याउनुपर्छ

नयाँ दिल्लीमा १८औँ ब्रिक्स शिखर सम्मेलन जारी छ । सम्मेलनको प्रारम्भीक सत्रलाई सम्बोधन गर्दै आयोजक राष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी निर्णय प्रक्रियामा ग्लोबल साउथको भूमिका अझ सशक्त हुनुपर्नेमा जोड दिएका छन् । ग्लोबल साउथका मुलुकहरुलाई केवल ‘नियम मान्ने’ भूमिकाबाट उठाएर ‘नियम बनाउने’ स्थानमा पुर्‍याउनुपर्ने उनको भनाइ थियो । यसका लागि युवा कूटनीतिज्ञहरूलाई आवश्यक तालिम र कानुनी दक्षता प्रदान गर्न ब्रिक्सले नेतृत्व लिनसक्ने उनले बताए ।

ब्रिक्स स्थापनाको दुई दशक पुगेको अवसरलाई परिपक्वताको मोडका रूपमा व्याख्या गर्दै मोदीले विगतका अनुभवहरूलाई अब अन्तर्राष्ट्रिय मञ्चमा ठोस परिणाममा बदल्ने समय आएको बताए । सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री मोदीले ब्रिक्स कुनै पनि देशको विरोधमा नभई सबैलाई साथमा लिएर अघि बढ्ने सिद्धान्तमा आधारित रहेको स्पष्ट पारे । आगामी २० वर्षका लागि ब्रिक्सले नयाँ र महत्त्वाकांक्षी कार्यसूची तयार गर्नुपर्ने प्रस्ताव गर्दै उनले वार्षिक अध्यक्षीय प्रणालीले संस्थागत निरन्तरतालाई असर नगरोस् भन्नाका खातिर महत्वपूर्ण संरचना र सुरक्षित डिजिटल प्रणाली स्थापना हुनुपर्ने बताए ।

विश्वव्यापी शासन प्रणालीको वर्तमान अवस्थालाई विशेषाधिकारको पिरामिडको संज्ञा दिँदै मोदीले यसलाई साझेदारीको मञ्चमा रूपान्तरण गर्नुपर्ने उल्लेख गरे ।

ब्रिक्स सम्मेलनमा सी : मध्यपूर्वको युद्ध विश्वको हितमा छैन

युक्रेन र मध्यपूर्व युद्धबीच भारतमा ब्रिक्स नेताहरूको बैठक

इराकी लडाकुको ड्रोन हमलापछि पूर्व-पश्चिम पाइपलाइन बन्द गरिएको साउदी अरबको घोषणा

इराक र साउदी अरबका विदेशमन्त्रीबीच टेलिफोन वार्ता, ड्रोन आक्रमणबारे छलफल

साउदीको तेल निर्यात मार्गमा ड्रोन आक्रमण, क्षेत्रीय तनाव थप चर्कियो

अमेरिकी आर्थिक दबाबमा इरानले आत्मसमर्पण गर्दैन : राष्ट्रपति पेजेस्कियन





प्रकाशित मिति : २७ भाद्र २०८३, शनिबार  ७ : ५० बजे

रणनीतिक र दीर्घकालीन दृष्टिकोणबाट द्विपक्षीय सम्बन्ध अघि बढाउन मोदी-सी सहमत

काठमाडौं- भारतको राजधानी नयाँ दिल्लीमा १८ औँ ब्रिक्स शिखर सम्मेलन

भोटेकोशी बाढी : जलविद्युत् आयोजनामा फसेकाको उद्धार जारी

काठमाडौं– नेपाली सेनाले भोटेकोशी बाढीबाट विभिन्न जलविद्युत् आयोजनाको सुरुङ तथा

सिरहामा होहल्ला भएपछि कार्यक्रम छाडेर टाप कसेका शिक्षामन्त्री भन्छन्- भ्रम फैलाइयो

काठमाडौं- सिरहाको औरही गाउँपालिकामा आयोजित एक कार्यक्रममा होहल्ला भएपछि सरकारका

भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने

काठमाडौं– रसुवाको भोटेकोशीमा गएको बाढीका कारण स्थगन गरिएको भदौ महिनाको