गृह मन्त्रालयद्वारा विभिन्न जिल्ला सीडीओको सरुवा « Khabarhub

गृह मन्त्रालयद्वारा विभिन्न जिल्ला सीडीओको सरुवा


२ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरुको सरुवा गरेको छ ।

गृह मन्त्रालयले कास्की, धनुषा, मकवानपुर, अछाम, धनकुटा, सिन्धुली, नवलपरासी पश्चिम, उदयपुर, पाँचथर, सिराहा, बारालगायत जिल्लाका सीडीओको सरुवा गरेको हो ।

कास्कीका प्रमुख जिल्ला अधिकारी रमेश कुमार केसी अध्यागमन विभागको महानिर्देशकको रुपमा सरुवा भएको छ भने कास्कीमा गृह मन्त्रालयका सहसचिव ज्ञान प्रसाद ढकाल नयाँ सीडीओ भएर गएका छन् ।

यस्तै, धनुषाका प्रमुख जिल्ला अधिकारीको कारागार व्यवस्थापन विभागको महानिर्देशकका रुपमा सरुवा भएको छ भने उनको ठाउँमा सहसचिव कोश हरि निरौलाको सरुवा भएको छ ।

यस्तै, बाराका प्रमुख जिल्ला अधिकारी फणिन्द्र मणि पोखरेलेको गृह मन्त्रालयमा सरुवा भएको छ भने उनको ठाउँमा उपसचिव रुद्र प्रसाद पण्डितलाई कायममुकायम सीडीओको जिम्मेवारी दिएर सरुवा गरिएको छ ।

प्रकाशित मिति : २ चैत्र २०७६, आइतबार  ३ : ५९ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना