कोरोना भाइरसको असर सोझै अर्थतन्त्रमा « Khabarhub

कोरोना भाइरसको असर सोझै अर्थतन्त्रमा


२ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना भाइरस (कोभिड–१९) संक्रमणले नेपालको अर्थतन्त्रमा पनि नकारात्मक असर देखिन थालेको छ ।

नेपालको अर्थतन्त्रको ठूलो हिसा ओगटेको पर्यटन, रेमिटान्स, वैदेशिक लगानीमा असर पार्ने र यसले शोधनान्तर अवस्था तथा वित्तीय स्थायित्वमा नकारात्मक प्राभाव पार्ने नेपाल राष्ट्र बैंकको प्रारम्भिक अनुमान हो ।

नेपालसँग व्यापारिक सम्बन्ध भएका देश, रोजगारी प्रदान गर्ने प्रमुख देश तथा पर्यटकीय सम्भावना उच्च भएका देशका अर्थतन्त्रमा पनि असर परेको नेपालमा पनि पर्ने भएकाले यी ५ क्षेत्रमा सबैभन्दा बढी असर देखिने राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टको भनाइ छ ।

भट्ट भन्छन्, ‘पर्यटन क्षेत्रमा अहिले नै गम्भीर असर देखिइसकेको छ, रेमिटान्स आयमा पनि असर देखिने संकेत छ, वाह्य क्षेत्रको चुनौती बढ्ने तथा नेपालको वित्तीय स्थिरतामा प्रतिकूल असर पर्ने देखिन्छ ।’

विश्वभर कोरोना संक्रमण बढेसँगै नेपाल भ्रमण वर्ष २०२० को प्रचार प्रसार लगायतका प्रायः सबै गतिविधि रोकिएका छन् । विश्वका अधिकांश देशले अन्तर्राष्ट्रिय हवाई उडान रद्द गरेका छन् ।

कतिपय देशहरुमा त अन्य देशसँगको हवाई सम्पर्क नै टुटेको छ । व्यवसाय चौपट भएको भन्दै हवाई सेवा सञ्चलक संघले बैंकबाट लिएको ऋणको नियमित किस्ता, बीमा शुल्क जस्ता भुक्तानीमा समेत समस्या भएको जनाएको ।

विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस संक्रमणको उच्च जोखिममा राख्नु र नेपाल भ्रमणमा आउने पर्यटकका देशमा पनि कोरोना संक्रमण बढ्नु जस्ता कारणले अधिकांश होटल बुकिङ रद्द भएका छन् ।

नेपाल आउने पर्यटकको कमी तथा होटल बुकिङ रद्दले ठूलो असर पारेको ट्रेकिङ एसोशियसन अफ नेपाल (टान) का अध्यक्ष खुम बहादुर सुवेदीको भनाइ छ ।

कोरोना भाइरस संक्रमणको त्रासका कारण पर्यटक आगमन घट्दा नेपालको ट्राभल आय घट्ने उनले बताए । आन्तरिक पर्यटनमा पनि कमी आएको छ ।व्यापार, उद्योग, यातायात स्ता क्षेत्रका आर्थिक गतिविधि कम भएको छ ।

कोरोना भाइरस संक्रमणको कारण नेपाली अर्थतन्त्रको मेरुदण्ड मानिएको रेमिटान्स आयमा कमी देखिने भएको छ । नेपालीलाई सबैभन्दा धेरै रोजगारी दिइरहेका खाडी मुलुकमा कोरोना संक्रमण फैलिएको र पेट्रोलियम पदार्थको मूल्य घटेका कारण ती देशको अर्थतन्त्रमा समस्या देखिएकोले रेमिटान्स घट्न सक्ने अनुमान राष्ट्र बैंकको छ ।

प्रवक्ता भट्टका अनुसार अहिले कोरोनाको महामारीका कारण विश्व अर्थतन्त्रमा करिब ०.५ प्रतिशले गिरावट आइसकेको छ ।

रेमिटेन्स घट्दा र पर्यटन गतिविधि ठप्प हुँदा विदेशी मुद्रा सञ्चितिको अवस्था समेत नाजुक बन्दै जाने प्रवक्ता भट्ट बताए ।

‘कोरोनाको प्रभाव वैदेशिक रोजगारीमा पर्दा मुलुकको रेमिटेन्स घट्नेवाला छ । विदेशी पर्यटक घट्दा विदेशी मुद्रा आर्जनमा गम्भीर धक्का लाग्नेछ,’ प्रवक्ता भट्टले भने, ‘यसले मुलुकको विदेशी मुद्रा सञ्चिति घट्नेछ र संकट निम्त्याउने देखिन्छ ।’

आर्थिक गतिविधिमा शिथिलता आउँदा बैंकिङ क्षेत्रबाट प्रवाह भएको ऋणको नियमित किस्ता भुक्तानीमा समस्या उत्पन्न हुनेछ । यसले वित्तीय स्थिरतामै समस्या पार्न सक्ने अनुमान राष्ट्र बैंकको छ ।

कोरोना संक्रमणको विस्तारकै कारण नेपालमा आउने प्रत्यक्ष विदेशी लगानी पनि घट्न सक्ने अनुमान छ । यसले शोधनान्तर अवस्थामा समस्या आउन सक्ने आकलन राष्ट्र बैंकको छ । विदेशी अनुदान र ऋण घटेन शोधनान्तर अवस्थामा खासै समस्या देखिने छैन ।

कोरोना संक्रमण बढेसँगै विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोना संक्रमणको उच्च जोखिममा राखेको छ । यद्यपि नेपालमा कोरोना संक्रमण पुष्टि भने अझै भएको छैन ।

अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोनाले नेपाली अर्थतन्त्रमा पार्ने असरका विषयमा अध्यययन थालिएको र यसमा अर्थमन्त्रालय र राष्ट्र बैंकले काम गरेका बताएका छन् ।

प्रकाशित मिति : २ चैत्र २०७६, आइतबार  ४ : १० बजे

नामिबियाविरुद्ध नेपालको फितलो प्रदर्शन

काठमाडौं- आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नामिबियाविरुद्धको खेलमा नेपालले खराब

प्रधानमन्त्री निवासअगाडि धर्ना बसेका राहुल गान्धी र अखिलेश यादव पक्राउ

नयाँदिल्ली : भारतको राजधानी नयाँदिल्लीस्थित प्रधानमन्त्री निवासअगाडि धर्नामा बसेका विपक्षी

‘ओली–प्रचण्डकै नेतृत्वमा वाम एकता सम्भव छैन, नयाँ पुस्ता अगाडि आउनुपर्छ’

काठमाडौं– नेपाली कम्युनिस्ट आन्दोलनका प्रभावशाली नेता झलनाथ खनालले लामो समयदेखि

सिँचाइ क्षेत्रको दिगो विकासका लागि तीन तहबीच प्रभावकारी समन्वयमा जोड

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले ऊर्जा, जलस्रोत तथा