सार्कका नेताहरुको भिडियो कन्फरेन्स केहीबेरमा शुरु हुँदै | Khabarhub Khabarhub

सार्कका नेताहरुको भिडियो कन्फरेन्स केहीबेरमा शुरु हुँदै


२ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना भाइरसको महामारीविरुद्धको लडाईंमा साझा रणनीति बनाउनका लागि दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कका नेताहरुबीच केहीबेरमा भिडियो कन्फरेन्स हुँदैछ ।

भारतीय प्रधानमन्त्रीको अग्रसरतामा सार्कका नेताहरुबीच भिडियो कन्फरेन्स गर्न लागिएको हो ।

कन्फरेन्समा मोदीसहित प्रधानमन्त्री केपी शर्मा ओली, बंगलादेशी प्रधानमन्त्री शेख हसिना, मालदिभ्सका राष्ट्रपति इब्राहिम मोहम्मद सोलिह, अफगानिस्तानका राष्ट्रपति अशरफ घानी, भुटानका प्रधानमन्त्री लोटे छिरिङ, श्रीलंकाली राष्ट्रपति गोताबाया राजपाक्षे सहभागी हुनेछन् ।

पाकिस्तानका तर्फबाट स्वास्थ्य मामिलाका लागि प्रधानमन्त्री इमरान खानका सल्लाहकार डा. जाफर मिर्जा सहभागि हुनेछन् ।
सवा ५ बजे शुरु हुने कन्फरेन्समा दक्षिण एसियाली मुलुकहरुबीच कोरोना भाइरसविरुद्ध लड्नका लागि साझा रणनीति बनाउने प्रयास हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

१ अर्ब ७० करोड जनसंख्या रहेको दक्षिण एसियामा कोरोना भाइरसको ठूलो जोखिम रहेको बताइन्छ । अहिले सार्क क्षेत्रमा कोरोना भाइरसका १२९ वटा घटना देखा परिसकेका छन् ।

कोरोना भाइरसका कारण सन् २०१६ देखि निष्कृयप्राय: रहेको सार्क कोरोना भाइरसको प्रकोप बढेसँगै एकाएक सक्रिय बन्न लागेको हो ।

सार्क राष्ट्रमा कोरोना भाइरस संक्रमणको अवस्था के छ ?

अफगानिस्तान

अफगानिस्तानमा हालसम्म कोरोना भाइरसबाट संक्रमितको संख्या ११ रहेको छ । सात जना पुराना भए पनि ४ जना नयाँ संक्रमित थपिएका हुन् ।

बंगलादेश

बंगलादेशमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या हालसम्म ५ जना रहेको छ । जसमध्ये २ जना संक्रमित उपचारपछि निको भएका छन् भने तीन जना उपचाररत छन् ।

भुटान

भुटानमा कोरोना भाइरसबा६ संक्रमितको संख्या १ रहेको छ । उनी उपचाररत छन् ।

भारत

भारतमा १ सय जना कोरोना भाइरसबाट संक्रमित भएका छन् । जसमा १८ जना नयाँ संक्रमित रहेको जनाइएको छ । भारतमा कोरोना भाइरसको संक्रमणबाट २ जनाले ज्यान गुमाइसकेका छन् भने १० जन उपचारपछि घर फर्किएका छन् । ८८ जना भने उपचाररत रहेका छन् ।

माल्दिभ्स

माल्दिभ्समा कोरोना भाइरसको संक्रमणबाट हालसम्म १० जना संक्रमित रहेका छन् । जुसमा १ जना नयाँ विरामी थपिएका हुन् । १० जना नै उपचाररत छन् ।

नेपाल

नेपालमा हालसम्म १ जनामा मात्र कोरोना भाइरसको संक्रमण देखा परेको छ । संक्रमित उनी उपचारपछि निको भएर घर फर्किसकेका छन् ।

श्रीलंका

श्रीलंकामा हालसम्म कोरोना भाइरसको संक्रमणबाट १० जना संक्रमित भएका छन् । जसमध्ये एक जना उपचारपछि निको भएर घर फर्किएका छन् भने अन्य ९ जना उपचाररत रहेका छन् ।

पाकिस्तान

पाकिस्तानमा कोरोना भाइरसको संक्रमणबाट हालसम्म ३१ जना संक्रमित भएका छन् । जसमा २ जना उपचारपछि घर फर्किएका छन् भने २९ जना उपचाररत रहेका छन् ।

पछिल्लो २४ घण्टामा सार्क राष्ट्रहरुमा कुनै नयाँ संक्रमित देखिएको नभए पनि संक्रमणको खतरा उच्च रहेको भन्दै सबै राष्ट्रले उच्च सुरक्षा सतर्कता अपनाएका छन् । सार्क राष्ट्रमा कोरोना भाइरसको प्रभाव सबैभन्दा बढी भारतमा परेको छ भने त्यसपछि पाकिस्तान प्रभावित छ ।

प्रकाशित मिति : २ चैत्र २०७६, आइतबार  ४ : ५० बजे

‘मिशन ८४’ सफल पार्न उपाध्यक्ष परियारको नेतृत्वमा विवेकशील साझाद्वारा संवाद समिति गठन

काठमाडौं– विवेकशील साझा पार्टीले आगामी निर्वाचनलाई लक्षित गरेर ‘राजनीतिक संवाद

सौगात, सुहान र प्रकाशले सुरु गरे ‘परालको आगो’को वर्कसप

काठमाडौं – फिल्म ‘परालको आगो’ वर्कसपको चरणमा प्रवेश गरेको छ

पानी प्रशोधन केन्द्रको काम छिटो सक्न उपप्रधानमन्त्री सिंहको निर्देशन 

काठमाडौं– उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले टुकुचामा निर्माणाधीन पानी

विद्याको स्वागतका लागि विराटनगर विमानस्थलमा मन्त्रीदेखि एमाले नेतासम्मको ‘लाइन’

विराटनगर– कोशी प्रदेशका मन्त्री र नेकपा एमालेका नेताहरूले पूर्वराष्ट्रपति विद्यादेवी

विद्याको दाबी : केन्द्रीय कमिटीको निर्णय थाहा भएन, म एमालेकै संगठित सदस्य हुँ  

विराटनगर- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सोमबार विराटनगर पुगेकी छन्। विराटनगरस्थित उद्घोष