सार्कका नेताहरुको भिडियो कन्फरेन्स केहीबेरमा शुरु हुँदै « Khabarhub

सार्कका नेताहरुको भिडियो कन्फरेन्स केहीबेरमा शुरु हुँदै


२ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना भाइरसको महामारीविरुद्धको लडाईंमा साझा रणनीति बनाउनका लागि दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कका नेताहरुबीच केहीबेरमा भिडियो कन्फरेन्स हुँदैछ ।

भारतीय प्रधानमन्त्रीको अग्रसरतामा सार्कका नेताहरुबीच भिडियो कन्फरेन्स गर्न लागिएको हो ।

कन्फरेन्समा मोदीसहित प्रधानमन्त्री केपी शर्मा ओली, बंगलादेशी प्रधानमन्त्री शेख हसिना, मालदिभ्सका राष्ट्रपति इब्राहिम मोहम्मद सोलिह, अफगानिस्तानका राष्ट्रपति अशरफ घानी, भुटानका प्रधानमन्त्री लोटे छिरिङ, श्रीलंकाली राष्ट्रपति गोताबाया राजपाक्षे सहभागी हुनेछन् ।

पाकिस्तानका तर्फबाट स्वास्थ्य मामिलाका लागि प्रधानमन्त्री इमरान खानका सल्लाहकार डा. जाफर मिर्जा सहभागि हुनेछन् ।
सवा ५ बजे शुरु हुने कन्फरेन्समा दक्षिण एसियाली मुलुकहरुबीच कोरोना भाइरसविरुद्ध लड्नका लागि साझा रणनीति बनाउने प्रयास हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

१ अर्ब ७० करोड जनसंख्या रहेको दक्षिण एसियामा कोरोना भाइरसको ठूलो जोखिम रहेको बताइन्छ । अहिले सार्क क्षेत्रमा कोरोना भाइरसका १२९ वटा घटना देखा परिसकेका छन् ।

कोरोना भाइरसका कारण सन् २०१६ देखि निष्कृयप्राय: रहेको सार्क कोरोना भाइरसको प्रकोप बढेसँगै एकाएक सक्रिय बन्न लागेको हो ।

सार्क राष्ट्रमा कोरोना भाइरस संक्रमणको अवस्था के छ ?

अफगानिस्तान

अफगानिस्तानमा हालसम्म कोरोना भाइरसबाट संक्रमितको संख्या ११ रहेको छ । सात जना पुराना भए पनि ४ जना नयाँ संक्रमित थपिएका हुन् ।

बंगलादेश

बंगलादेशमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या हालसम्म ५ जना रहेको छ । जसमध्ये २ जना संक्रमित उपचारपछि निको भएका छन् भने तीन जना उपचाररत छन् ।

भुटान

भुटानमा कोरोना भाइरसबा६ संक्रमितको संख्या १ रहेको छ । उनी उपचाररत छन् ।

भारत

भारतमा १ सय जना कोरोना भाइरसबाट संक्रमित भएका छन् । जसमा १८ जना नयाँ संक्रमित रहेको जनाइएको छ । भारतमा कोरोना भाइरसको संक्रमणबाट २ जनाले ज्यान गुमाइसकेका छन् भने १० जन उपचारपछि घर फर्किएका छन् । ८८ जना भने उपचाररत रहेका छन् ।

माल्दिभ्स

माल्दिभ्समा कोरोना भाइरसको संक्रमणबाट हालसम्म १० जना संक्रमित रहेका छन् । जुसमा १ जना नयाँ विरामी थपिएका हुन् । १० जना नै उपचाररत छन् ।

नेपाल

नेपालमा हालसम्म १ जनामा मात्र कोरोना भाइरसको संक्रमण देखा परेको छ । संक्रमित उनी उपचारपछि निको भएर घर फर्किसकेका छन् ।

श्रीलंका

श्रीलंकामा हालसम्म कोरोना भाइरसको संक्रमणबाट १० जना संक्रमित भएका छन् । जसमध्ये एक जना उपचारपछि निको भएर घर फर्किएका छन् भने अन्य ९ जना उपचाररत रहेका छन् ।

पाकिस्तान

पाकिस्तानमा कोरोना भाइरसको संक्रमणबाट हालसम्म ३१ जना संक्रमित भएका छन् । जसमा २ जना उपचारपछि घर फर्किएका छन् भने २९ जना उपचाररत रहेका छन् ।

पछिल्लो २४ घण्टामा सार्क राष्ट्रहरुमा कुनै नयाँ संक्रमित देखिएको नभए पनि संक्रमणको खतरा उच्च रहेको भन्दै सबै राष्ट्रले उच्च सुरक्षा सतर्कता अपनाएका छन् । सार्क राष्ट्रमा कोरोना भाइरसको प्रभाव सबैभन्दा बढी भारतमा परेको छ भने त्यसपछि पाकिस्तान प्रभावित छ ।

प्रकाशित मिति : २ चैत्र २०७६, आइतबार  ४ : ५० बजे

अनुहार नमिलेपछि जेन-जी सहिदको सालिक अनावरण रोकियो (तस्बिरहरू)

काठमाडौं–  जेन–जी आन्दोलनका सहिदहरूको अनुहारसँग सालिक नमिलेपछि ललितपुरको सातदोबाटोस्थित स्विमिङ पुल

हर्मुजमा इरान–अमेरिका तनाव चर्कियो, तेलको मूल्य १०० डलरनजिक

एजेन्सी– इरान र अमेरिकाबीचको सैन्य तनाव थप चर्किएको छ। अमेरिकी

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार

कर्णाली– कर्णाली प्रदेश सरकारले मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राखी सचेतना कार्यक्रम अगाडि

राष्ट्रसङ्घको ८१औँ महासभा सुरु : ‘विश्व शान्ति र जलवायु परिवर्तन मुख्य एजेण्डा’

न्युयोर्क– संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा मङ्गलबारबाट यहाँ सुरु भएको छ ।

ओलीको माग : भदौ २३-२४ मा हिंसात्मक घटनाका दोषीलाई कारबाही गरियोस्

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले २०८२