रौतहटमा ईंट्टा उद्योगमा तोडफोड, वडाध्यक्षकै नेतृत्वमा संचालकमाथि हातपात « Khabarhub

रौतहटमा ईंट्टा उद्योगमा तोडफोड, वडाध्यक्षकै नेतृत्वमा संचालकमाथि हातपात


२ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गौर–रौतहटको गरुडा नगरपालिका वडा नम्बर ६, दुधियाभार चौक छेउमा रहेको दाइभाइ इट्टा उद्योगमा एक समूहले आक्रमण गरि लाखको क्षति गरेका छन् ।

वडा नम्बर ६ का वडाध्यक्ष अशोक यादवको अगुवाईमा सयौंको संख्यामा गएका समूहले बिहान ९ बजे सो इटा उद्योगमा आक्रमण गरेका हुन् । बाँस, लाठी, घरेलु हातहतियारसहित गएका मानिसहरुले ईंटा उद्योगका संचालक रामबाबू चौधरीका भाइ मुकेश कुमार चौधरी सहित ८ जना माथी संघातिक हमला गरेका हुन् ।

कुटपिटबाट मुकेशलाई गम्भीर चोटपटकपटक लागेको र अन्यलाई सामान्य चोट लागेको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी ज्ञानकुमार महतोले बताए ।

कुटाइबाट गम्भीर घाइते मुकेश कुमार चौधरीलाई गरुडामा समान्य उपचार पछि थप उपचारको लागि एम्बुलेन्सबाट काठमाडौ पठाइएको छ। सामान्य घाइते अन्यको उपचार गरुडामा भइरहेको डिएसपी महतोले बताए ।

आक्रमणकारीहरुले ईंटा भट्टामा रहेको एक थान जेसीबी, एक थान टिपर, दुई थान ट्रेकटर र ३ वटा मोटरसाइकलमा तोडफोड गरेका छन् । दाइ-भाइ इटा उद्योगमा २० लाख भन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान रहेको घटना स्थल पुगेका जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी रबिराज खड्काले बताए ।

घटनामा संग्लग्न एक जनालाई प्रहरीले पक्राउ पनि गरेका छन। यस अघि हिजो आइतबार साझ गरुडा नगरपालिका पोटियाहीमा वडा अध्यक्ष अशोक यादवको समूह र वडाका प्रत्यासी रामबाबु चौधरीको समूह बीच भनाभन हुदा ढुङ्गामुढा समेत भएको थियो ।

प्रहरीको सक्रियताले गएराती कुनै घटना हुन नसकेको भएपनी आज बिहान वडा अध्यक्ष अशोक यादव सहितको समुहले आक्रमण गरेका थिए ।

पिडित रामबाबु चौधरीले अशोक यादवले वडा कार्यालयमा रहेको काठ हिनामिना गरेको बारे आफुले अख्तियारमा मुद्दा गरेको कारण सोही रिसिवीमा यो घटना घटाएको र आक्रमणबाट ७० लाख भन्दा बढीको क्षति भएको दाबी गरेका छन् । अहिले घटना स्थल वडा अध्यक्षको गाउँ अमरपट्टी र पोटीयाही गाउँमा घटना नदोहरियोस भने उद्देशयले ठूलो संख्यामा नेपाल प्रहरी र शस्त्र प्रहरीको उपस्थित रहेको छ ।

यस सन्दर्भमा वडा अध्यक्ष आशोक यादवसंग कुरा गर्न खोज्दा कुनै प्रतिक्रिया दिन चाहेनन् ।

प्रकाशित मिति : २ चैत्र २०७६, आइतबार  ५ : १६ बजे

भूमिमन्त्रीको पहिलो निर्णय-समस्याग्रस्त सहकारीका विषयमा जानकार छु, समाधान गर्छु

काठमाडौं– नवनियुक्त सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले पदभार

बालेनले सस्मितलाई बनाए सरकारको प्रवक्ता

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले सरकारको प्रवक्ताको जिम्मेवारी शिक्षा, युवा तथा

बेपत्ता मुस्ताङ एयरको हेलिकप्टरमा थिए पाइलटसहित ५ यात्रु 

काठमाडौं– दोलखाबाटको ल्याप्चा क्षेत्रबाट शुक्रबार सम्पर्कविहीन भएको मुस्ताङ एयरको हेलिकप्टरमा

खेलकुदमन्त्रीले भने- खेल क्षेत्रमा हुने अनावश्यक राजनीतिकरणलाई अन्त्य गर्छु

काठमाडौं– नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुदमन्त्री

ऊर्जामन्त्री श्रेष्ठले भने- ऊर्जाबाट कोही पनि वञ्चित हुनुपरोस्

काठमाडौं– नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले ऊर्जाबाट कोही पनि