कोरोना भाइरसविरुद्ध सहकार्यको ढोका खुल्यो : प्रधानमन्त्री हसिना  « Khabarhub

कोरोना भाइरसविरुद्ध सहकार्यको ढोका खुल्यो : प्रधानमन्त्री हसिना 


२ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बंगलादेशकी प्रधान्त्री शेख हसिनाले कोरोना भाइरसविरुद्ध साझा धारणा आवश्यक रहेको बताउँदै आफ्नो मुलुकमा हालसम्म तीन जनामा संक्रमण देखा परेको र उनीहरु सबैलाई निको भइसकेको बताएकी छन् ।

कोरोना भाइरसविरुद्ध साझा रणनीति बनाउन सार्कका नेताहरुको भिडियो कन्फरेन्समा बोल्दै प्रधानमन्त्री हसिनाले बंगलादेशका स्थानीय क्षेत्रमा कोही पनि संक्रमित नरहेको जानकारी दिइन् ।

उनले सबै मन्त्रालयबीच सबै स्तरमा सहकार्य अघि बढाएको बताइन् । कोरोना संक्रमण नियन्त्रणका लागि सामाजिक सञ्जालमा सूचना जारी गरिएको जनाइन् ।

उनले भनिन, ‘हामीले नयाँ अस्पतालहरु छुट्याएका छौं । हरेक जिल्लामा बेड छुट्याएका छौं । आवश्यक परे अस्थायी अस्पताल बनाउन तयारी गरेका छौं ।
व्यक्तिगत स्वाथ्यमा ध्यान दिन समेत मातहतका निकायलाई निर्देशन दिएका छौं ।’

कोरोना भाइरसविरुद्धको लडाईंमा सहकार्य गर्न उनले आह्वान गरिन् । दक्षिण एसियाली मुलुकहरुले सहायता गर्न आवश्यक रहेको उनको धारणा थियो ।

‘यस्ता किसिमका सहकार्य हुन आवश्यक छ ।’ प्रधानमन्त्री हसिनाले भनिन्, ‘दक्षिण एसियामा भविष्यमा आउनसक्ने जनस्वाथ्य जोखिमविरुद्ध सँगै काम गर्न आवश्यक छ । अनुभव साँटासाँट गरौं, जोखिम रोक्न सवै लागौं ।’

उनले बंगलादेश यसका लागि तयार रहेको बताउँदै सार्कका नेताहरु एकठाउँमा भेला भएकोमा धन्यवाद दिइन् । उनले यस भिडियो कन्फरेन्सले नयाँ स्तरमा सहकार्यको ढोका खुल्ने अपेक्षा समेत राखिन् ।

प्रकाशित मिति : २ चैत्र २०७६, आइतबार  ६ : ०८ बजे

घटस्थापनादेखि पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका

काठमाडौँ– बडादसैँ मनाउन घटस्थापनादेखि आजसम्म पाँच लाख ७६ हजार ५७८

दसैँको अवसरमा शीतल निवासमा कन्या पूजा, राष्ट्रपतिले दिए उपहार

काठमाडौँ ‍- राष्ट्रपति रामचन्द्र पौडेलले बडा दसैँ २०८३ का अवसरमा

विपद्को बाहानामा ठूला जलाशययुक्त परियोजना रोक्नु हुँदैन : डा. बाबुराम भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम

क्रिकेटमा प्रविधिको फड्को : एनपीएलको तेस्रो संस्करणमा डिआरएस लागू हुने

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो पटक डिआरएस