कोरोना भाइरसविरुद्ध सार्क राष्ट्रहरुको संयुक्त प्रयास आवश्यकः प्रधानमन्त्री ओली « Khabarhub

कोरोना भाइरसविरुद्ध सार्क राष्ट्रहरुको संयुक्त प्रयास आवश्यकः प्रधानमन्त्री ओली


२ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस विरुद्ध सार्क राष्ट्रहरुको संयुक्त प्रयास आवश्यक रहेको बताएका छन् ।

आइतबार सार्क राष्ट्रका प्रमुखहरुबीचको भिडियो कन्फरेन्समा प्रधानमन्त्री ओलीले कोरोना भाइरस विरुद्ध लड्न साझा धारणा बनाउन गरेको प्रयासलाई धन्यवाद दिए ।

प्रधानमन्त्री ओलीले नेपालमा एक जनामा संक्रमण देखिएको भएपनि उनी निको भइसकेको उल्लेख गरे ।

‘हामीले एकजना संक्रमित निको भइसकेका छन् । हाम्रो प्रयास आफ्नो मुलुकमा भाइरस नआओस् भन्नेमा छ’ ओलीले भने ।

ओलीले नेपाल प्रवेश गर्नेमाथि कडाइ गरिएको जानकारी दिए । उनले भने,‘कोरोना भाइरस नभएको प्रमाणपत्र देखाउनुपर्ने व्यवस्था गरेका छौं । नेपालीहरुलाई विदेश रोजगारीका लागि पनि प्रतिबन्ध लगाएका छौं ।’

प्रधानमन्त्री ओलीले विमानस्थलको हेल्थ डेस्कमा स्क्रिनिङको व्यवस्था गरिएको निश्चित यात्रीलाई आफैं क्वारेन्टाइनमा बस्न भनिएको जानकारी दिए ।

अस्पतालमा कोरोना संक्रमितहरुका लागि विभिन्न वार्डहरु बनाइएको बताउँदै प्रधानमन्त्री ओलीले चिकित्सकहरुलाई व्यक्तिगत सुरक्षाका उपकरण प्रदान गरिएको जानकारी दिए ।

उनले हिमाल आरोहण बन्द गरिएको र अन्तर्राष्ट्रिय सम्मेलनहरु पनि स्थगन गरिएको जानकारी सार्कका प्रमुखहरुलाई दिए ।

स्वास्थ्य लाभको कामना गरेकोमा उनले सबैमा आभार व्यक्त गरे ।

प्रकाशित मिति : २ चैत्र २०७६, आइतबार  ६ : १० बजे

उखु किसानको सधैँको पीडा : उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

सर्लाही– उधारोमा बिक्री गरेको नगदे बाली उखुको भुक्तानी यहाँका किसानका

बूढानीलकण्ठमा शैक्षिक सूचना व्यवस्थापन र विद्यालय नक्साङ्कनमा नयाँ प्रविधि

काठमाडौं– काठमाडौँको बूढानीलकण्ठ नगरपालिकालाई भौगोलिक सूचना प्रणाली (जिआइएस) प्रविधिमा आधारित

रास्वपा सभापति रवि लामिछानेले आज संसद्‌मा सम्बोधन गर्ने

काठमाडौँ – सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि

सुनसान छन् सौराहाका होटल : पर्यटक भन्दछन्- नेपालको विपदमा कसरी रमाउनु ?

चितवन– पचहत्तर कोठा भएको सौराहाको ‘ल्यान्डमार्क’ होटलमा मंगलबार सबै कोठा खाली

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा विद्युत् जडान, रसुवामा ८३ र नुवाकोटमा ९५ प्रतिशत सेवा सञ्चालन

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण अवरुद्ध