कोरोना भाइरसविरुद्ध सहकार्य गरेर अघि बढ्नुको विकल्प छैन : राष्ट्रपति राजापाक्षे « Khabarhub

कोरोना भाइरसविरुद्ध सहकार्य गरेर अघि बढ्नुको विकल्प छैन : राष्ट्रपति राजापाक्षे


२ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रीलंकाका राष्ट्रपति गोतापाया राजापाक्षेले कोरोना भाइरसको संक्रमण विरुद्ध सार्क राष्ट्र सहकार्य गरेर अघि बढ्नु पर्ने बताएका छन् ।

सार्क राष्ट्रप्रमुखहरुबीचको भिडियो कन्फरेन्समा राष्ट्रपति राजापाक्षेले श्रीलंकाले आफ्नो तर्फबाट सबै प्रयन्तहरु गरिरहेको बताए ।

उनले कोरोना विरुद्धको साझा धराणा बनाउन कदम चालेकोमा प्रधानमन्त्री मादीलाई धन्यवाद दिए ।

उनले ईयू, इरान, साउथ कोरियाबाट आउने पर्यटक र अरु मानिसहरु श्रीलंका आउन प्रतिबन्ध लगाएको जानकारी दिए ।

इटाली र दक्षिण कोरियामा ठूलो संख्यामा श्रीलंकालीहरु काम गरिरहेको भन्दै उनले त्यहाँबा६ फर्किएकाहरुलाई क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाएको बताए ।

सामाजिक गतिविधि नियन्त्रण गर्न पनि आफूहरु लागिरहेको र विश्वविद्यालय एवं शैक्षिक संस्थाहरु बन्द गरेको उनले जानकारी दिए ।

श्रीलंकामा पहिलो केस चिनियाँ पर्यटकमा देखिएको र उनी उपचार पछि निको भएर फर्किसकेकी उनले जानकारी दिए ।

पहिलो श्रीलंकालीमा पर्यटक गाइड थिए । उनी इटालीका पर्यटकहरुसँग हिँडेका थिए ।

श्रीलंकामा कोरोनाको ११ केस रहेको उनले बताए ।

राष्ट्रपति राजापाक्षेले ज्वरो आएका मानिसहरुलाई अस्पताल जान र आफैं क्वारेन्टाइनमा बस्न भनेको जानकारी दिए । उनका अनुसार श्रीलंकामा जनस्वनस्थ्य अधिकारीले आफैं क्वारेन्टाइनमा बसिरहेकाहरुको निरीक्षण गरिरहेका जनाए । कोरोना संक्रमणको रोकथामका लागि आफूहरुले कार्यदल पनि बनाएको उनले जानकारी दिए ।

कोरोनाबारे जानकारी दिन सँधै खुल्ला रहने हटलाइनको व्यवस्था गरिएको उनले जानकारी दिए ।

वुहानबाट ३४ जना श्रीलंकाली लाई ल्याइएको र १४ दिन क्वारेन्टाइनमा राखिएको उनले जानकारी दिए ।

७५० श्रीलंकालीहरु चीनका विभिन्न विश्वविद्यालयमा अध्ययनरत भई फर्केकालाई आफैं क्वारेन्टाइनमा बस्न भनिएको उनले बताए ।

श्रीलंकामा २४ अप्रिलमा चुनाव हुन लागेको र ठूला ¥यालीलाई निरुत्साहित गरिएको उनले बताए ।

श्रीलंकालाई विदेश नजान भनिएको प्राय सबै खेलकुद कार्यक्रम, अन्तर्राष्ट्रिय सम्मेलन स्थगन वा रद्द गरिएको उनले जानकारी दिए ।

प्रकाशित मिति : २ चैत्र २०७६, आइतबार  ६ : १६ बजे

उखु किसानको सधैँको पीडा : उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

सर्लाही– उधारोमा बिक्री गरेको नगदे बाली उखुको भुक्तानी यहाँका किसानका

बूढानीलकण्ठमा शैक्षिक सूचना व्यवस्थापन र विद्यालय नक्साङ्कनमा नयाँ प्रविधि

काठमाडौं– काठमाडौँको बूढानीलकण्ठ नगरपालिकालाई भौगोलिक सूचना प्रणाली (जिआइएस) प्रविधिमा आधारित

रास्वपा सभापति रवि लामिछानेले आज संसद्‌मा सम्बोधन गर्ने

काठमाडौँ – सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि

सुनसान छन् सौराहाका होटल : पर्यटक भन्दछन्- नेपालको विपदमा कसरी रमाउनु ?

चितवन– पचहत्तर कोठा भएको सौराहाको ‘ल्यान्डमार्क’ होटलमा मंगलबार सबै कोठा खाली

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा विद्युत् जडान, रसुवामा ८३ र नुवाकोटमा ९५ प्रतिशत सेवा सञ्चालन

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण अवरुद्ध