कोरोना भाइरसविरुद्ध सहकार्य गरेर अघि बढ्नुको विकल्प छैन : राष्ट्रपति राजापाक्षे « Khabarhub

कोरोना भाइरसविरुद्ध सहकार्य गरेर अघि बढ्नुको विकल्प छैन : राष्ट्रपति राजापाक्षे


२ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रीलंकाका राष्ट्रपति गोतापाया राजापाक्षेले कोरोना भाइरसको संक्रमण विरुद्ध सार्क राष्ट्र सहकार्य गरेर अघि बढ्नु पर्ने बताएका छन् ।

सार्क राष्ट्रप्रमुखहरुबीचको भिडियो कन्फरेन्समा राष्ट्रपति राजापाक्षेले श्रीलंकाले आफ्नो तर्फबाट सबै प्रयन्तहरु गरिरहेको बताए ।

उनले कोरोना विरुद्धको साझा धराणा बनाउन कदम चालेकोमा प्रधानमन्त्री मादीलाई धन्यवाद दिए ।

उनले ईयू, इरान, साउथ कोरियाबाट आउने पर्यटक र अरु मानिसहरु श्रीलंका आउन प्रतिबन्ध लगाएको जानकारी दिए ।

इटाली र दक्षिण कोरियामा ठूलो संख्यामा श्रीलंकालीहरु काम गरिरहेको भन्दै उनले त्यहाँबा६ फर्किएकाहरुलाई क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाएको बताए ।

सामाजिक गतिविधि नियन्त्रण गर्न पनि आफूहरु लागिरहेको र विश्वविद्यालय एवं शैक्षिक संस्थाहरु बन्द गरेको उनले जानकारी दिए ।

श्रीलंकामा पहिलो केस चिनियाँ पर्यटकमा देखिएको र उनी उपचार पछि निको भएर फर्किसकेकी उनले जानकारी दिए ।

पहिलो श्रीलंकालीमा पर्यटक गाइड थिए । उनी इटालीका पर्यटकहरुसँग हिँडेका थिए ।

श्रीलंकामा कोरोनाको ११ केस रहेको उनले बताए ।

राष्ट्रपति राजापाक्षेले ज्वरो आएका मानिसहरुलाई अस्पताल जान र आफैं क्वारेन्टाइनमा बस्न भनेको जानकारी दिए । उनका अनुसार श्रीलंकामा जनस्वनस्थ्य अधिकारीले आफैं क्वारेन्टाइनमा बसिरहेकाहरुको निरीक्षण गरिरहेका जनाए । कोरोना संक्रमणको रोकथामका लागि आफूहरुले कार्यदल पनि बनाएको उनले जानकारी दिए ।

कोरोनाबारे जानकारी दिन सँधै खुल्ला रहने हटलाइनको व्यवस्था गरिएको उनले जानकारी दिए ।

वुहानबाट ३४ जना श्रीलंकाली लाई ल्याइएको र १४ दिन क्वारेन्टाइनमा राखिएको उनले जानकारी दिए ।

७५० श्रीलंकालीहरु चीनका विभिन्न विश्वविद्यालयमा अध्ययनरत भई फर्केकालाई आफैं क्वारेन्टाइनमा बस्न भनिएको उनले बताए ।

श्रीलंकामा २४ अप्रिलमा चुनाव हुन लागेको र ठूला ¥यालीलाई निरुत्साहित गरिएको उनले बताए ।

श्रीलंकालाई विदेश नजान भनिएको प्राय सबै खेलकुद कार्यक्रम, अन्तर्राष्ट्रिय सम्मेलन स्थगन वा रद्द गरिएको उनले जानकारी दिए ।

प्रकाशित मिति : २ चैत्र २०७६, आइतबार  ६ : १६ बजे

साउदीमा नेपालीको मृत्यु : सुरक्षा र उद्धारको प्रबन्ध मिलाउन कांग्रेसको माग

काठमाडौं – साउदी अरबको ‘सेवा’ आयल फिल्डमा भएको ड्रोन आक्रमणका

एनपिएल : म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

काठमाडौं – श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

काठमाडौं – जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

सुनसरी- बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर