कोरोना भाइरस: अमेरिकामा अस्पतालका कोठादेखि पार्किङ स्थलसम्मै शव « Khabarhub

कोरोना भाइरस: अमेरिकामा अस्पतालका कोठादेखि पार्किङ स्थलसम्मै शव


३ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको महामारीले विश्व आक्रान्त छ । चीनको वुहानबाट शुरु भएको कोरोनाको संक्रमण यूरोपेली मुलुक हुँदै अहिले अमेरिकामा सबैभन्दा बढी असर परेको छ ।

कोरोनाले सबैभन्दा बढी प्रभावित बनेको अमेरिकामा पछिल्लो २४ घण्टामा मात्रै २४ सय बढीले ज्यान गुमाएका छन् । हालसम्म अमेरिकामा मृत्यु हुनेको संख्या २६ हजार ४७ पुगेको छ ।

अमेरिकामा एकैदिन २६ हजार ९ सय बढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ६ लाख १३ हजार ८ सय बढी पुगेको छ ।

अमेरिकामा संक्रमितमध्ये ३८ जार ८२० जना उपचारपछि निको भएका छन् । अझै १३ हजार ४७३ जनाको अवस्था गम्भीर रहेको छ । ५ लाख ४९ हजार बढी उपचाररत छन् ।

चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणको दर यूरोपियन मुलुक हुँदै पछिल्लो समय अमेरिकामा तीव्र देखिएको हो ।

केही हप्ता पहिले इटालीको अवस्था यस्तै भयावह थियो । सामाजिक सञ्जालमा इटालीमा शव व्यवस्थापन गर्न नसकेर शव नै शवको लस्कर लगाइएका तस्वीरहरु समेत सार्वजनिक भएका थिए ।

इटालीमा हालसम्म ज्यान गुमाउनेको संख्या २१ हजार नाघेको छ । यो अमेरिका पछि सबैभन्दा बढी  हो ।

इरानमा पनि यस्तै भयावह स्थिति छ । अहिले सबैभन्दा प्रभावित अमेरिका देखिए पनि यूरोपेली मुलुकमा पनि संक्रमण र मृत्यु हुनेको संख्या रोकिएको छैन ।

अमेरिकामा कोरोनाले मृत्यु हुनेको संख्या दिनप्रतिदिन बढ्दै गर्दा शव व्यवस्थापनमा पनि निकै समस्या देखिएको छ ।

अमेरिकाको डेट्रोइटस्थित सिनाई-ग्रेस अस्पतालको ईमरजेन्सी कक्षका कर्मचारीहरुबीच सेयर गरिएका केही तस्वीरलेले जो केहीको मन छिया छिया पार्छ ।

अस्पतालका खाली कोठा र पार्किङ स्थलमै कोभिड-१९ बाट मृत्यु भएकाहरूका शव राखिएका छन् । सीएनएनले यी तस्वीर अस्पतालका कर्मचारीमार्फत प्राप्त गरेको जनाएको छ ।

अस्पतालका कर्मचारीहरूका अनुसार उनीहरूलाई अध्ययन र आराम गर्न छुट्याइएका कोठामा कोभिड(१९ का मृतकको शव राख्‍ने गरिएको छ। खासगरी, मुर्दाघरका कर्मचारी राति काम गर्दैनन्। र, मुर्दाघर पनि खाली छैनन्।

एउटा तस्वीरमा दुईवटा शव बिछ्यौनामा राखिएको छ र अर्को एउटालाई बिछ्यौनासँगैको कुर्सीमा। तीनवटै शव सेतो कपडामा प्याक गरिएको छ।

‘हामीले बाहिर फ्रिजर पाएनौं, मुर्दाघरका कर्मचारीले राति काम गर्दैनन्,’ अस्पतालका एक कर्मचारीले सीएनएनसँग भने, ‘त्यसैले शवहरूलाई यहाँ राख्‍नु परेको हो।’

उक्त घटना सार्वजनिक भएलगत्तै शवहरूको व्यवस्थापनका लागि शहरका दुई अस्पतालले पोर्टेबल रेफ्रिजरेटर खरिद गरेका छन्। गत शनिवार सीएनएन संवाददाता ती अस्पतालमा पुग्दा पार्किङ लटमा पाँचवटा रेफ्रिजरेटर ल्याएर राखिसकिएको थियो।

अर्को तस्वीरमा कपडामा बेरी आपसमा टँसाएर राखिएका शवहरू देखिन्छन्। अस्पतालको यो युनिट पूर्ण वातानुकुलित छ। कोभिड-१९ का मृतक बढ्दै गर्दा शवहरूलाई अव्यवस्थित ढंगले राख्‍नु परेको आकस्मिक कक्षका कामदारको भनाइ छ।

न्युयोर्कलगायत अन्य शहरको तुलनामा आफ्नो अस्पतालमा कोभिड-१९ का कारण मृत्यु भएकाहरूको शव व्यवस्थापनका लागि मोबाइल रेफ्रिजरेटरलगायत सुविधा उपलब्ध रहेको अस्पतालले जनाएको छ ।

एजेन्सीको सहयोगमा 

 

प्रकाशित मिति : ३ बैशाख २०७७, बुधबार  ८ : १३ बजे

आइसीसी टि–२० विश्वकप : अमेरिकालाई हराउँदै भारतको विजयी सुरुवात

काठमाडौं – आइसीसी टि–२० विश्वकप २०२६ मा भारतले विजयी सुरुवात

सुर्खेतबाट ‘खतरनाक खोपडी’ समूहका २५ पक्राउ

कर्णाली – सुर्खेत प्रहरीले वीरेन्द्रनगरमा कालो झण्डासहित मोटरसाइकल र्‍याली निकाल्ने

सर्लाहीमा लक्ष्यभन्दा बढी बालबालिकालाई दादुरा विरुद्धको खोप

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलले सर्लाहीको मङ्गलवा नगरपालिकामा लक्ष्यभन्दा

गुल्मीमा ४८ मतदानस्थल अतिसंवेदनशील सूचीमा

गुल्मी – यहाँका ४८ वटा मतदानस्थल अतिसंवेदनशील सूचीमा रहेका छन्

निर्वाचन प्रहरीको भूमिका महत्वपूर्ण छः गृहमन्त्री अर्याल

नुवाकोट – गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते हुने