अमेरिकी राष्ट्रपति चुनावमा बाइडेनलाई समर्थन गर्ने ओबामाको घोषणा « Khabarhub

अमेरिकी राष्ट्रपति चुनावमा बाइडेनलाई समर्थन गर्ने ओबामाको घोषणा


३ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले आउँदो नोभेम्बरमा हुने राष्ट्रपति चुनावमा जो बाइडेनलाई समर्थन गर्ने घोषणा गरेका छन् ।

लामो समयदेखि कसलाई समर्थन गर्ने भन्नेमा चुप रहेका ओबामाले औपचारिक रुपमा बाइडेनलाई समर्थन गरेका हुन् ।

ओबामाले देशभरका डेमोक्र्याटहरुलाई एकताबद्ध भएर वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पराजित गरी ह्वाइट हाउसमा विजय प्राप्त गर्न आह्वान गरेका छन्।

ओबामाले सोमबार रेकर्ड गरेको भिडियो मंगलबार पोस्ट गरेका हुन् । भिडियोमा बाइडेनको व्यक्तित्व र कामको प्रशंसा गरिएको छ ।

ओबामा राष्ट्रपति हुँदा उपराष्ट्रपति रहेका बाइडेन डेमोक्र्याटिक पार्टीका तर्फबाट राष्ट्रपति उम्मेद्वारका एक्ला आकांक्षी हुन् ।

यसअघि सोमबार बाइडेनका पूर्वप्रतिस्पर्धी बर्नी सान्डर्सले सोमबार आफ्नो समर्थन प्रदान गरेका थिए ।

प्रकाशित मिति : ३ बैशाख २०७७, बुधबार  ८ : ०९ बजे

सभापति छाड्न नमानेका देउवाले कांग्रेसलाई फुट्नबाट जोगाउन दिए यी विकल्प

काठमाडौं- नेपाली कांग्रेसको सभापति पद त्याग्न तयार नभएका शेरबहादुर देउवाले

‘एलओडी क्लब’ डिजे म्यागको पुन: नोमिनेसनमा

काठमाडौं– ठमेलस्थित ‘एलओडी’ क्लब ‘ डिजे म्याग टप १००’ को

सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय,

माघ महिनामा वाणिज्य बैंकहरूमा मुद्दतीतर्फको ब्याजदर थप घट्यो

काठमाडौं– सञ्चालनमा रहेका वाणिज्य बैंकहरूले आगामी माघ महिनाका लागि मुद्दतीतर्फको

किसानलाई सखरखण्ड खन्न र बिक्री गर्न भ्याइ नभ्याइ

घोराही– यहाँको देउखुरी राप्ती नदी उकास जमिन, पाँगो बलौटे माटो