अमेरिकी राष्ट्रपति चुनावमा बाइडेनलाई समर्थन गर्ने ओबामाको घोषणा « Khabarhub

अमेरिकी राष्ट्रपति चुनावमा बाइडेनलाई समर्थन गर्ने ओबामाको घोषणा


३ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले आउँदो नोभेम्बरमा हुने राष्ट्रपति चुनावमा जो बाइडेनलाई समर्थन गर्ने घोषणा गरेका छन् ।

लामो समयदेखि कसलाई समर्थन गर्ने भन्नेमा चुप रहेका ओबामाले औपचारिक रुपमा बाइडेनलाई समर्थन गरेका हुन् ।

ओबामाले देशभरका डेमोक्र्याटहरुलाई एकताबद्ध भएर वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पराजित गरी ह्वाइट हाउसमा विजय प्राप्त गर्न आह्वान गरेका छन्।

ओबामाले सोमबार रेकर्ड गरेको भिडियो मंगलबार पोस्ट गरेका हुन् । भिडियोमा बाइडेनको व्यक्तित्व र कामको प्रशंसा गरिएको छ ।

ओबामा राष्ट्रपति हुँदा उपराष्ट्रपति रहेका बाइडेन डेमोक्र्याटिक पार्टीका तर्फबाट राष्ट्रपति उम्मेद्वारका एक्ला आकांक्षी हुन् ।

यसअघि सोमबार बाइडेनका पूर्वप्रतिस्पर्धी बर्नी सान्डर्सले सोमबार आफ्नो समर्थन प्रदान गरेका थिए ।

प्रकाशित मिति : ३ बैशाख २०७७, बुधबार  ८ : ०९ बजे

प्रतिनिधिसभाको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । अपराह्न

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल असोज १ गते बिहीबार सन् २०२६

आज २०८३ साल असोज १ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १ गते बिहीबार सन् २०२६

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले ‘प्रतिनिधिसभा नियमावली, २०८३’ का दुई नियम