टिकटक डाउनलोड गर्नेको संख्या बढ्यो « Khabarhub

टिकटक डाउनलोड गर्नेको संख्या बढ्यो


३ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

भिडियो शेयरिङ्ग प्लेटफर्म टिकटकको डाउनलोड एन्ड्रोयडमा मात्र १ अर्ब नाघेको छ । यसअघि एन्ड्रोयड र आईओएस दुबैमा गरेर भिडियो एपको डाउनलोड गत फरबरीमा १ अर्ब पुगेको थियो ।

नेपालमा पनि निकै लोकप्रिय टिकटक अहिले भने गूगल प्ले स्टोरमा मात्रै १ अर्ब डाउनलोड भएको हो ।

कोरोनाभाइरसको प्रकोप बढ्दा पछिल्लो दिनमा टिकटकको प्रयोग निकै बढेको छ । जसले गर्दा यसको डाउनलोड पनि दिनप्रतिदिन बढिरहेको छ ।

गूगल प्ले स्टोरको डाटा आएपनि एप्पलको एप स्टोरमा कति डाउनलोड पुगेको छ भन्ने जानकारी बाहिर आएको छैन् । तर हाल इन्टरटेनमेन्ट एप्सको सूचीमा टिकटक चौथो स्थानमा छ ।

टिकटकले यसअघि ह्वाट्सएप र फेसबुकको डाउनलोडलाई पनि पछि पार्दै विश्वभर सबैभन्दा धेरै डाउनलोड हुने एप भएको थियो ।

टिकटकका सबैभन्दा धेरै प्रयोगकर्ताहरु भारतमा रहेका छन जहाँ कुल डाउनलोडको २९.५ प्रतिशत डाउनलोड गएको मार्चमा भएको थियो ।

यसअघि आएको एप एन्नीको रिपोर्टअनुसार पनि भारतमा भएको लकडाउनपछि सबैभन्दा धेरै डाउनलोड हुने मिडिया एप टिकटक भएको थियो ।

टिकटकले विश्वभर लकडाउनका कारण इन्टरनेट ब्याण्डविथमा दबाब कमगर्न भिडियो कन्टेन्टको क्वालिटी कम गरेको थियो । जसले गर्दा हाल टिकटकमा सबै भिडियोहरु एसडी फम्र्याटमा मात्र हेर्न पाईन्छ ।

प्रकाशित मिति : ३ बैशाख २०७७, बुधबार  ८ : ३२ बजे

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको