महामारीमा पनि पाकिस्तानले हिन्दु र इसाईलाई खाद्यान्न नदिएकोमा यूएससीआईआरएफ चिन्तित | Khabarhub Khabarhub

महामारीमा पनि पाकिस्तानले हिन्दु र इसाईलाई खाद्यान्न नदिएकोमा यूएससीआईआरएफ चिन्तित


३ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकी अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता आयोग (यूएससीआईआरएफ) कोरोनाभाइरसको प्रकोपमा पनि ‘पाकिस्तानमा अल्पसंख्यक हिन्दू र ईसाईहरुलाई खाद्यान्न सहायता नदिएको’ खबरले चिन्तित भएको जनाएको छ।

यूएससीआईआरएफका आयुक्त अनुरीमा भार्गवले भने, ‘यी कार्यहरु निन्दनीय छन् । कोभिड(१९ महामारी चलिरहेको छ, पाकिस्तानभित्र कमजोर समुदायहरू भोकमरीकाविरूद्ध लडेर उनीहरूका परिवारलाई स्वस्थ राख्न कोशिस गरिरहेका छन। खाद्यान्न सहायता दिनुपर्छ त्यसबाट हट्नु हुँदैन।’

भार्गवले पाकिस्तान सरकार मार्फत सहायत दिने संगठनहरूलाई खाद्यान्न वितरणमा भेदभाव नगर्न आग्रह पनि गरेका छन् । हिन्दू, ईसाइ र अन्य धर्मका अल्पसंख्यका समुदायलाई पनि एक नजरले हेर्नुपर्ने उनले बताए।

हिन्दू समुदाय पाकिस्तानको जनसंख्याको सानो अंश रहेको छ र उनीहरू व्यापक भेदभावको शिकार हुन्छन् र प्रायः आधारभूत मानव अधिकारबाट पनि उनीहरू वञ्चित हुने गरेका विभिन्न अध्ययन रिपोर्टहरुले देखाउँदै आएका छन् ।

यूएससीआईआरएफका अनुसार कराचीमा घरबारविहीन र मौसमी कामदारहरूलाई सहयोग पुर्‍याउने गैरसरकारी संस्था सालानी वेलफेयर इन्टरनेसनल ट्रस्टले हिन्दू र ईसाईहरुलाई खाद्यान्न सहयोग गर्न अस्वीकार गरिरहेको छ।

यूएससीआईआरएफका कमिश्नर जोनी मूरले भने पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई अप्ठ्यारो परेका बेला मुलुकको नेतृत्व प्रदान गर्दै गर्दा धार्मिक अल्पसंख्यक र गरिव नागरिकलाई भोकमरीबाट जोगाउन सुझाव दिएका छन् ।

यूएससीआईआरएफको सन् २०१९ को वार्षिक प्रतिवेदनमा पाकिस्तानमा हिन्दू र इसाईहरू असुरक्षित रहेको ठहर गरिएको छ ।

उक्त प्रतिवेदनमा सुरक्षाका लागि निरन्तर खतराको सामना गर्नु परिरहेको छ।  उनीहरू विभिन्न प्रकारका उत्पीडन र सामाजिक बहिष्कारको शिकार भएको प्रतिवेदनमा दावी गरिएको छ ।

प्रकाशित मिति : ३ बैशाख २०७७, बुधबार  १० : १० बजे

जेलेन्स्कीको हत्या गर्ने षड्यन्त्र विफल पारेको युक्रेनको दाबी

एजेन्सी – युक्रेनले राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसहित वरिष्ठ युक्रेनी अधिकारीहरूको हत्याका

सामुदायिक वनमा शव फेला

कञ्चनपुर – वैशाख स् शुक्लाफाँटा नगरपालिका-७ स्थित वातावरण मध्यवर्ती सामुदायिक

‘तीन चरणको चुनावबाटै भाजपा इतिहास बनिसक्यो’ – अखिलेश यादव

एजेन्सी – भारतको उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री एवम्‌ समाजवादी पार्टी प्रमुख

मेक इन नेपाल–स्वदेशी सम्मेलन :  ३५ बुँदे घोषणापत्र जारी

काठमाडौं – नेपाली वस्तुको उत्पादन तथा उपभोग बढाउने र विश्व

भरतपुर महानगरमा भूमिगत विद्युतीकरणको काम ५० प्रतिशत सम्पन्न

चितवन– भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणको काम