महामारीमा पनि पाकिस्तानले हिन्दु र इसाईलाई खाद्यान्न नदिएकोमा यूएससीआईआरएफ चिन्तित « Khabarhub

महामारीमा पनि पाकिस्तानले हिन्दु र इसाईलाई खाद्यान्न नदिएकोमा यूएससीआईआरएफ चिन्तित


३ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकी अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता आयोग (यूएससीआईआरएफ) कोरोनाभाइरसको प्रकोपमा पनि ‘पाकिस्तानमा अल्पसंख्यक हिन्दू र ईसाईहरुलाई खाद्यान्न सहायता नदिएको’ खबरले चिन्तित भएको जनाएको छ।

यूएससीआईआरएफका आयुक्त अनुरीमा भार्गवले भने, ‘यी कार्यहरु निन्दनीय छन् । कोभिड(१९ महामारी चलिरहेको छ, पाकिस्तानभित्र कमजोर समुदायहरू भोकमरीकाविरूद्ध लडेर उनीहरूका परिवारलाई स्वस्थ राख्न कोशिस गरिरहेका छन। खाद्यान्न सहायता दिनुपर्छ त्यसबाट हट्नु हुँदैन।’

भार्गवले पाकिस्तान सरकार मार्फत सहायत दिने संगठनहरूलाई खाद्यान्न वितरणमा भेदभाव नगर्न आग्रह पनि गरेका छन् । हिन्दू, ईसाइ र अन्य धर्मका अल्पसंख्यका समुदायलाई पनि एक नजरले हेर्नुपर्ने उनले बताए।

हिन्दू समुदाय पाकिस्तानको जनसंख्याको सानो अंश रहेको छ र उनीहरू व्यापक भेदभावको शिकार हुन्छन् र प्रायः आधारभूत मानव अधिकारबाट पनि उनीहरू वञ्चित हुने गरेका विभिन्न अध्ययन रिपोर्टहरुले देखाउँदै आएका छन् ।

यूएससीआईआरएफका अनुसार कराचीमा घरबारविहीन र मौसमी कामदारहरूलाई सहयोग पुर्‍याउने गैरसरकारी संस्था सालानी वेलफेयर इन्टरनेसनल ट्रस्टले हिन्दू र ईसाईहरुलाई खाद्यान्न सहयोग गर्न अस्वीकार गरिरहेको छ।

यूएससीआईआरएफका कमिश्नर जोनी मूरले भने पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई अप्ठ्यारो परेका बेला मुलुकको नेतृत्व प्रदान गर्दै गर्दा धार्मिक अल्पसंख्यक र गरिव नागरिकलाई भोकमरीबाट जोगाउन सुझाव दिएका छन् ।

यूएससीआईआरएफको सन् २०१९ को वार्षिक प्रतिवेदनमा पाकिस्तानमा हिन्दू र इसाईहरू असुरक्षित रहेको ठहर गरिएको छ ।

उक्त प्रतिवेदनमा सुरक्षाका लागि निरन्तर खतराको सामना गर्नु परिरहेको छ।  उनीहरू विभिन्न प्रकारका उत्पीडन र सामाजिक बहिष्कारको शिकार भएको प्रतिवेदनमा दावी गरिएको छ ।

प्रकाशित मिति : ३ बैशाख २०७७, बुधबार  १० : १० बजे

परराष्ट्रमन्त्रीसँग चिनियाँ राजदूतको भेट

काठमाडौं– परराष्ट्रमन्त्री बालानन्द शर्मासँग नेपालका लागि चीनका राजदूत चाङ माओमिङले बुधबार

प्रसाईंको जवाफ : आरजुसँग अढाई वर्षअघि भेटेको फोटो अहिले भाइरल बनाइदिए

काठमाडौं- सर्वोच्च अदालतको आदेशपछि रिहा भएका बीएन्डसी मेडिकल कलेजका मालिक

झाडीमा परिणत भएको गोरखकाली टायर उद्योग (तस्बिरहरू)

गोरखा- २०४१ साल जेठ ३० गते उद्योग विभागमा दर्ता भएर

हिरासतबाट निस्किएपछि झन् उग्र प्रसाईं, मतदातालाई भने : देश सक्ने चुनावमा गएर भोट नहाल्नू

काठमाडौं- सर्वोच्च अदालतको आदेशपछि रिहा भएका बीएन्डसी मेडिकल कलेजका मालिक

बेचबिखनविरूद्धको राष्ट्रिय नीति कार्यान्वयनमा जोड

काठमाडौं– महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले मानव बेचबिखनविरूद्धको