अब एप्पल म्यापमार्फत कोरोना परीक्षण केन्द्रको जानकारी « Khabarhub

अब एप्पल म्यापमार्फत कोरोना परीक्षण केन्द्रको जानकारी


३ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसको परीक्षणका लागि विश्व स्वास्थ्य संगठनले आह्वान गर्दै आए पनि सबै अस्पतालहरुमा परीक्षण नहुँदा मानिसहरुमा अन्यौलता छाएको छ ।

तर यस्तो अन्यौलतालाई आइफोन उत्पादक कम्पनी एप्पलले अन्त्य गरिदिएको छ । एप्पलले आफ्नो म्याप एपको माध्यमबाट प्रयोगकर्तालाई नजिकको परीक्षण केन्द्र पत्ता लगाउन सहयोग गर्ने भएको छ ।

यो फिचर सबैभन्दा पहिले नाइन टु फाइभ म्याकमा देखा परेको थियो ।  एप्पलले अस्पताल, प्रयोगशाला र क्लिनिकहरुका लागि एउटा पोर्टल सार्वजनिक गरेको थियो । जसमा एप्पलले आफूलाई कोभिड-१९ को परीक्षण केन्द्रको रुपमा रजिस्टर गराउन सक्छन् ।

यसपछि कम्पनीले यसको लोकेसनलाई भेरिफाई गर्छ र एप्पल म्यापमा देखाउँछ । एपमा उक्त परीक्षण केन्द्रले ड्राइभ थ्रो फेसिलिटी दिन्छ वा अपोइन्टमेन्टका लागि प्री बूक गर्नुपर्छ । यी सबै कुराको जानकारी म्यापबाटै उपलब्ध हुनेछ ।

तर यो फिचर अन्तर्राष्ट्रियस्तरमै उपलब्ध छ कि छैन भन्ने विषय चाहिँ स्पष्ट हुन सकेको छैन् । यद्यपि अमेरिकामा भने यो सेवा उपलब्ध हुन थालेको एप्पलले जनाएको छ ।

प्रकाशित मिति : ३ बैशाख २०७७, बुधबार  ११ : ०० बजे

‘म्यान अफ द गोरखा’ दौडको उपाधि नेपाली सेनाका रोकायलाई

गोरखा – गोरखामा आयोजित ‘म्यान अफ द गोरखा’ दौड प्रतियोगिताको

हलेसीमा भक्तको भीड (फोटो फिचर)

काठमाडौं – खोटाङ जिल्लामा रहेको प्रसिद्ध हलेसी महादेवको दर्शन गर्न

नेकपाले समानुपातिकमा सबै नयाँ अनुहार पठाउने, पूर्वसांसद र मन्त्रीलाई नराख्‍ने

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले समानुपातिक सूचीमा नयाँ अनुहारलाई

मुस्ताङको बागवानीमा ‘हाईब्रिड’ स्याउका बिरुवा उत्पादन गर्न सुरु

मुस्ताङ – यहाँको घरपझोङ गाउँपालिका–२ मार्फास्थित शीतोष्ण बागबानी विकास केन्द्रले