आइएमएफले नेपालसहित २५ मुलुकलाई अनुदान उपलब्ध गराउने « Khabarhub

आइएमएफले नेपालसहित २५ मुलुकलाई अनुदान उपलब्ध गराउने


३ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसको महामारीले अर्थतन्त्र चलायमान हुन नसकिरहेका बेला अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले नेपाललाई पनि अनुदान उपलब्ध गराउने भएको छ ।

विश्वव्यापी फैलिएको कोरोना महामारीबाट प्रभावित २५ वटा न्यून आय भएका राष्ट्रहरुलाई ५ सय मिलियन अमेरिकी डलर अनुदान उपलब्ध गराउने आइएमएफको सूचिमा नेपाल पनि परेको हो ।

सोमबार बसेको आईएमफको कार्यकारी सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको आईएपफकी महानिर्देशक क्रिस्टलिना जर्जिभाले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

यो अनुदान आईएफको विपद् न्यूनीकरण तथा राहत कोष (सीसीआरटी) मार्फत् उपलब्ध गराउने छ ।

अनुदान प्राप्त गर्ने मुलुकले आईएमएफलाई सर्तअनुसार तिर्नुपर्ने ऋणको किस्ता भुक्तानीको लागि परिचालन गर्नेछन् ।

यो व्यवस्थाका कारण यी देशले आफ्नो स्रोत स्वास्थ्य सामग्रीसहित आपत्कालीन काममा खर्च गर्न सक्ने आईएमएफको विज्ञप्तिमा जनाइएको छ ।

यस्तो अनुदान पाउने मुलुकहरुमा नेपालसहित, अफगानिस्तान, बेनिन, बुर्किनाफासो, मध्य अफ्रिकी गणतन्त्र, चाड, कोमोरस, प्रजातान्त्रिक गणतन्त्र कंगो, गाम्बिया, गिनिया बिसाउ, हैटी, लाइबेरिया, मालावी, माली, मोजाम्बिक, रुवान्डा, साओ टोम प्रिन्सिप, सियरा लियोन, सोलोमन आइल्यान्ड, ताजिकिस्तान, टोगो र यमन रहेका छन् ।

 

प्रकाशित मिति : ३ बैशाख २०७७, बुधबार  १२ : ०१ बजे

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर