युरोपेली मुलुक डेनमार्कमा प्रतिबन्ध खुकुलो – प्राथमिक विद्यालय खुल्ने « Khabarhub

युरोपेली मुलुक डेनमार्कमा प्रतिबन्ध खुकुलो – प्राथमिक विद्यालय खुल्ने


३ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डेनमार्क- कोरोना भाइरसको संक्रमणपछि विभिन्न प्रतिवन्धहरु लगाएको युरोपेली राष्ट्र डेनमार्कले प्रतिबन्धहरु खुकुलो पार्न थालेको छ ।

प्रतिबन्धहरू खुकुलो गर्ने प्रयासको पहिलो पाइलाका रूपमा डेनमार्कले बुधवारदेखि शिशु स्याहार केन्द्र र प्राथमिक विद्यालयहरू खोल्न सुरु गर्ने भएको छ।

नयाँ नियमानुसार विद्यार्थीहरूलाई पहिलेभन्दा टाढा राखिने, सरसफाइमा पनि विशेष ध्यान दिइने र सम्भव भएको अवस्थामा खुला स्थलमा कक्षा सञ्चालन गरिनेछन् ।

लकडाउनका अन्य प्रतिबन्धहरू भने कायम रहने बताइएको छ ।

डेनमार्कको सरकारले अस्पतालहरूमा बिरामीहरूको सङ्ख्या कम हुन थालेकोले अन्य प्रतिबन्धहरू पनि चाँडै हटाउन सकिने बताएको छ।

डेनमार्कमा ६,७०० जनाभन्दा बढीको कोरोनाभाइरस सङ्क्रमण भएको र ३०० जनाको हराहारीमा मृत्यु भएको तथ्याङ्क छ।

यसैबीच जर्मनीमा पनि सरकारले बुधवार केही प्रतिबन्धहरू हटाउने सम्बन्धमा छलफल गर्ने बताइएको छ।

प्रकाशित मिति : ३ बैशाख २०७७, बुधबार  १२ : ३७ बजे

सडकको कुकुरदेखि ‘विश्व शान्तिको दूत’सम्म : अलोकाको असाधारण यात्रा

कुनै समय सडकमा भौँतारिने एउटा कुकुर आज हजारौँ मानिसको आकर्षण

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको