युरोपेली मुलुक डेनमार्कमा प्रतिबन्ध खुकुलो – प्राथमिक विद्यालय खुल्ने « Khabarhub

युरोपेली मुलुक डेनमार्कमा प्रतिबन्ध खुकुलो – प्राथमिक विद्यालय खुल्ने


३ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डेनमार्क- कोरोना भाइरसको संक्रमणपछि विभिन्न प्रतिवन्धहरु लगाएको युरोपेली राष्ट्र डेनमार्कले प्रतिबन्धहरु खुकुलो पार्न थालेको छ ।

प्रतिबन्धहरू खुकुलो गर्ने प्रयासको पहिलो पाइलाका रूपमा डेनमार्कले बुधवारदेखि शिशु स्याहार केन्द्र र प्राथमिक विद्यालयहरू खोल्न सुरु गर्ने भएको छ।

नयाँ नियमानुसार विद्यार्थीहरूलाई पहिलेभन्दा टाढा राखिने, सरसफाइमा पनि विशेष ध्यान दिइने र सम्भव भएको अवस्थामा खुला स्थलमा कक्षा सञ्चालन गरिनेछन् ।

लकडाउनका अन्य प्रतिबन्धहरू भने कायम रहने बताइएको छ ।

डेनमार्कको सरकारले अस्पतालहरूमा बिरामीहरूको सङ्ख्या कम हुन थालेकोले अन्य प्रतिबन्धहरू पनि चाँडै हटाउन सकिने बताएको छ।

डेनमार्कमा ६,७०० जनाभन्दा बढीको कोरोनाभाइरस सङ्क्रमण भएको र ३०० जनाको हराहारीमा मृत्यु भएको तथ्याङ्क छ।

यसैबीच जर्मनीमा पनि सरकारले बुधवार केही प्रतिबन्धहरू हटाउने सम्बन्धमा छलफल गर्ने बताइएको छ।

प्रकाशित मिति : ३ बैशाख २०७७, बुधबार  १२ : ३७ बजे

पुटिन भारतको राजकीय भ्रमणका लागि प्रस्थान

मस्को– रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आफ्नो दुई दिने राजकीय भारत

अलैँचीको बजार मूल्य लगातार ओरालो

फुङ्लिङ – पछिल्लो समय अलैँचीको बजार मूल्य लगातार ओरालो लागेको

व्यवस्थित कृषि सडकको मागसहित ‘जुनार महोत्सव’

काठमाडौं– सिन्धुलीको गोलञ्जोर गाउँपालिकाको महाभारत क्षेत्र अहिले जुनाररसुन्तलाले पहेँलपुर भएको

पोखराविरुद्ध काठमाडौं : कप्तान केसीको बलमा कप्तान भुर्तेल आउट

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत बिहीबारको

एमालेले महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आसन्न ११औँ राष्ट्रिय महाधिवेशनमा नेतृत्व