एन्टिबडी पोजेटिभ देखिएका ३ जनामध्ये गण्डकी प्रदेशका १ जनाको पीसीआर रिपोर्ट नेगेटिभ « Khabarhub

एन्टिबडी पोजेटिभ देखिएका ३ जनामध्ये गण्डकी प्रदेशका १ जनाको पीसीआर रिपोर्ट नेगेटिभ


३ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गण्डकी प्रदेशमा र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आडीटी)मार्फत गरिएको परीक्षणमा एन्टिबडी पोजेटिभ देखिएका ३ जनामध्ये १ जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ ।

गण्डकी प्रदेश, सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखाका प्रमुख डा रामबहादुर केसीका अनुसार आरडीटी परीक्षणका क्रममा बाग्लुङ, कास्की र गोरखाका गरी ३ जनामा कोरोना संक्रमणको संकेत (एन्डिबडी) पोजेटिभ देखिएको थियो । जसमध्येका बाग्लुङका एक युवकको पीसीआर विधिबाट गरिएको परीक्षणको नतिजा नेगेटिभ देखिएको हो ।

‘आरडीटी पोजेटिभ देखिएकामध्ये बाग्लुङका युवकको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । यसको मतलब उनमा कोरोनाको संक्रमण छैन भन्ने हो,’ डा केसीले भने ।

यस्तै, आरडीटी परीक्षणका क्रममा एन्टिबडी पोजेटिभ देखिएका कास्की र गोरखाको युवकको भने पीसीआर रिपोर्ट आइसकेको छैन ।

कास्कीका युवकको थ्रोट स्वाब संकलन गरी परीक्षणका लागि ल्याब पठाइसकिएको र गोरखाका युवकको स्वाब पोखरा आइपुगि नसकेको केसीले जानकारी दिए ।

प्रकाशित मिति : ३ बैशाख २०७७, बुधबार  १२ : ५८ बजे

सडकको कुकुरदेखि ‘विश्व शान्तिको दूत’सम्म : अलोकाको असाधारण यात्रा

कुनै समय सडकमा भौँतारिने एउटा कुकुर आज हजारौँ मानिसको आकर्षण

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको