एन्टिबडी पोजेटिभ देखिएका ३ जनामध्ये गण्डकी प्रदेशका १ जनाको पीसीआर रिपोर्ट नेगेटिभ | Khabarhub Khabarhub

एन्टिबडी पोजेटिभ देखिएका ३ जनामध्ये गण्डकी प्रदेशका १ जनाको पीसीआर रिपोर्ट नेगेटिभ


३ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गण्डकी प्रदेशमा र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आडीटी)मार्फत गरिएको परीक्षणमा एन्टिबडी पोजेटिभ देखिएका ३ जनामध्ये १ जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ ।

गण्डकी प्रदेश, सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखाका प्रमुख डा रामबहादुर केसीका अनुसार आरडीटी परीक्षणका क्रममा बाग्लुङ, कास्की र गोरखाका गरी ३ जनामा कोरोना संक्रमणको संकेत (एन्डिबडी) पोजेटिभ देखिएको थियो । जसमध्येका बाग्लुङका एक युवकको पीसीआर विधिबाट गरिएको परीक्षणको नतिजा नेगेटिभ देखिएको हो ।

‘आरडीटी पोजेटिभ देखिएकामध्ये बाग्लुङका युवकको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । यसको मतलब उनमा कोरोनाको संक्रमण छैन भन्ने हो,’ डा केसीले भने ।

यस्तै, आरडीटी परीक्षणका क्रममा एन्टिबडी पोजेटिभ देखिएका कास्की र गोरखाको युवकको भने पीसीआर रिपोर्ट आइसकेको छैन ।

कास्कीका युवकको थ्रोट स्वाब संकलन गरी परीक्षणका लागि ल्याब पठाइसकिएको र गोरखाका युवकको स्वाब पोखरा आइपुगि नसकेको केसीले जानकारी दिए ।

प्रकाशित मिति : ३ बैशाख २०७७, बुधबार  १२ : ५८ बजे

विप्लवलाई भेट्न प्रचण्ड पुगे हरिसिद्धि

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल

तारकेश्वरमा माइक्रो बस साङ्ला खोलामा खस्यो

काठमाडौं– तारकेश्वर नगरपालिका ७ मा सोमबार बिहान इभी माइक्रो बस

दूध उत्पादनमा प्रोत्साहनका लागि नगद अनुदान

गोरखा– गोरखाका पशुपालक किसानलाई दूध उत्पादनमा प्रोत्साहनका लागि नगद अनुदान

बिग बोस १९ सुरु, नयाँ प्रतियोगी र होस्ट सलमान खान

काठमाडौं – भारतीय रियालिटी शो “बिग बोस १९” प्रिमियर भएको

‘नाडा अटो शो’मा १ लाख ६० हजार बढीले गरे अवलोकन 

काठमाडौं– नाडा अटोमोवाइल्स् एशोसिएशन अफ नेपालले आयोजना गरेको नाडा अटो