र्‍यापिड टेष्टमा बहराइनबाट फर्किएका गोरखाका युवामा देखियो कोरोना पोजिटिभ « Khabarhub

र्‍यापिड टेष्टमा बहराइनबाट फर्किएका गोरखाका युवामा देखियो कोरोना पोजिटिभ


३ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गोरखा- आरडीटी किटबाट गरिएको परीक्षणमा गोरखामा एक जनामा कोरोना पोजेटिभ देखिएको छ ।

र्‍यापिड डायग्नोष्टिक टेष्ट (आरडीटी) किटबाट गरिएको कोभिङ–१९ (कोरोना) परीक्षणमा गोरखा आरुघाटका एक युवामा पोजिटिभ देखिएको छ ।

आरुघाट गाउँपालिका–५ का ३१ वर्षीय ती व्यक्ति फागुन २३ गते बहराइनबाट फर्किएका थिए ।

उनको स्वाब परीक्षणका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशाला पोखरा पठाइएको छ । विदेशबाट फर्किएको ४० दिनपछि परीक्षण गर्दा उनमा संक्रमण देखिएको हो ।

किटबाट परीक्षण गर्दा पोजिटिभ देखिए पनि उनमा कोरोनाको लक्षण नदेखिएको र उनीबिरामी पनि नभएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन नारायण अर्यालले बताए ।

आरुघाटमा विदेशबाट आएका सबैको परीक्षण गरिँदा उनको मात्रै पोजिटिभ देखिएको हो। उनीसँगै विदेशबाट आएका अर्का व्यक्तिको पनि स्वाब परीक्षणका लागि पोखरा पठाइएको छ ।

प्रकाशित मिति : ३ बैशाख २०७७, बुधबार  १ : ३२ बजे

दार्चुलामा मध्य चमेलिया जलविद्युत आयोजना निर्माण हुने

काठमाडौँ– सुदूरपश्चिम प्रदेशको जलविद्युत् केन्द्रका रुपमा स्थापित चमेलिया नदीमा थप

बिरामीलाई थाहै नहुने हेपाटाइटिस महामारी के हो ?

काठमाडौँ – हरेक वर्ष जुलाई २८ तारिखका दिन विश्वभर ‘विश्व

काँकरभिट्टाबाट गत वर्ष साढे ९ हजार विदेशी पर्यटक भित्रिए

झापा– नेपालको पूर्वी नाका काँकरभिट्टा स्थलमार्ग हुँदै गत आर्थिक वर्ष

प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

काठमाडौँ– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले प्रतिबन्ध लगाइएका वस्तुको

संसदीय सुनुवाइ समितिको बैठक बस्दै, निर्वाचन आयोगमा प्रस्तावित आयुक्तहरुको सुनुवाइ हुने

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेको संसदीय सुनुवाइ समितिको बैठक आज