भूमिसम्बन्धी समस्या समाधान आयोगको अध्यक्ष बनेका ज्ञवाली भन्छन्– कानूनको पूर्ण पालना गरेर काम गर्छु « Khabarhub

भूमिसम्बन्धी समस्या समाधान आयोगको अध्यक्ष बनेका ज्ञवाली भन्छन्– कानूनको पूर्ण पालना गरेर काम गर्छु


३ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भरतपुर– भूमिसम्बन्धी समस्या समाधान आयोगका नवनियुक्त अध्यक्ष देवीप्रसाद ज्ञवालीले संविधानको अक्षरशः पालना गरेर जिम्मेवारी निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । भरतपुर महानगरपालिका–५ निवासी ज्ञवालीले ऐन नियममा रहेर आफूले काम गर्ने बताए ।

सरकारी समाचार संस्था रासससँग संक्षिप्त कुरा गर्दै ज्ञवालीले गरिब, भूमिहीन, पीडित र भूमिमा रगत पसिना बगाउनेहरुप्रति आफ्नो आँखा परिरहने बताए ।

ज्ञवालीले भने, ‘भूमिहीन जनताको सर्वोपरी हितलाई ध्यानमा राखी काम गर्नेछु ।’ संविधानले दलित, उत्पीडित, भूमिहीन जनतालाई समेत भूमिको अधिकार मौलिक हकका रुपमा उल्लेख गरेको भन्दै अध्यक्ष ज्ञवालीले संविधान प्रदत्त अधिकार उपयोग गर्न कोही वञ्चिन नरहने बताए ।

तत्कालीन नेकपा (एमाले) बाट रुपमा भरतपुर महानगरपालिकाको प्रमुख (मेयर) पदमा उम्मेदवार बनेका ज्ञवाली तत्कालीन नेकपा (माओवादी केन्द्र) की उम्मेदवार  रेनु दाहालसँग पराजित भएका थिए ।

ज्ञवालीले मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले  भूमिसम्बन्धी समस्या समाधान आयोगको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो । ज्ञवालीसँग तत्कालीन भरतपुर नगरपालिकाको उपप्रमुख भएर काम गरेको अनुभव छ ।

प्रकाशित मिति : ३ बैशाख २०७७, बुधबार  ५ : ०१ बजे

मक्कातर्फ ड्रोन प्रहार गरेको साउदीको आरोप, हुथीद्वारा अस्वीकार

कायरो – साउदी अरबले यमनका इरान–समर्थित हुथी विद्रोहीले इस्लामको सबैभन्दा

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित

मनास्लु आरोहण सुरु

गोरखा – शरद ऋतुका लागि मनास्लु हिमालको आरोहण सुरु भएको