भूमिसम्बन्धी समस्या समाधान आयोगको अध्यक्ष बनेका ज्ञवाली भन्छन्– कानूनको पूर्ण पालना गरेर काम गर्छु « Khabarhub

भूमिसम्बन्धी समस्या समाधान आयोगको अध्यक्ष बनेका ज्ञवाली भन्छन्– कानूनको पूर्ण पालना गरेर काम गर्छु


३ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भरतपुर– भूमिसम्बन्धी समस्या समाधान आयोगका नवनियुक्त अध्यक्ष देवीप्रसाद ज्ञवालीले संविधानको अक्षरशः पालना गरेर जिम्मेवारी निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । भरतपुर महानगरपालिका–५ निवासी ज्ञवालीले ऐन नियममा रहेर आफूले काम गर्ने बताए ।

सरकारी समाचार संस्था रासससँग संक्षिप्त कुरा गर्दै ज्ञवालीले गरिब, भूमिहीन, पीडित र भूमिमा रगत पसिना बगाउनेहरुप्रति आफ्नो आँखा परिरहने बताए ।

ज्ञवालीले भने, ‘भूमिहीन जनताको सर्वोपरी हितलाई ध्यानमा राखी काम गर्नेछु ।’ संविधानले दलित, उत्पीडित, भूमिहीन जनतालाई समेत भूमिको अधिकार मौलिक हकका रुपमा उल्लेख गरेको भन्दै अध्यक्ष ज्ञवालीले संविधान प्रदत्त अधिकार उपयोग गर्न कोही वञ्चिन नरहने बताए ।

तत्कालीन नेकपा (एमाले) बाट रुपमा भरतपुर महानगरपालिकाको प्रमुख (मेयर) पदमा उम्मेदवार बनेका ज्ञवाली तत्कालीन नेकपा (माओवादी केन्द्र) की उम्मेदवार  रेनु दाहालसँग पराजित भएका थिए ।

ज्ञवालीले मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले  भूमिसम्बन्धी समस्या समाधान आयोगको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो । ज्ञवालीसँग तत्कालीन भरतपुर नगरपालिकाको उपप्रमुख भएर काम गरेको अनुभव छ ।

प्रकाशित मिति : ३ बैशाख २०७७, बुधबार  ५ : ०१ बजे

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको