कोरोनाभाइरस त्रास : तातोपानी नाका खोलिएपछि स्थानीय आन्दोलित « Khabarhub

कोरोनाभाइरस त्रास : तातोपानी नाका खोलिएपछि स्थानीय आन्दोलित


३ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक- कोरोना भाइरस (कोभिड १९) संक्रमण फैलिरहेका बेला चीन जोड्ने उत्तरी नाका तातोपानी खोलिएपछि स्थानीय आन्दोलित बनेका छन् । कोरोनाको संक्रमण फैलिन सक्ने त्रास बढेको भन्दै बुधबार सीमा क्षेत्रमा स्थानीयले आन्दोलन गरेका हुन् ।

मंगलबार मितेरी पुलमा नेपाल र चीनका प्रशासन, भन्सारदेखि अधिकारी सुरक्षाकर्मीबीच भएको छलफलले खाद्यान्न, स्वास्थ्य सामग्री आयात, २० जनालाई मात्रै सवारी पास दिने निर्णय भएको थियो।

दुई देशका अधिकारीबीचको सीमा सुरक्षा बैठकमा स्वास्थ्य र अत्यावश्यक खाद्य सामग्री नियमित आपूर्ति गर्ने सहमति भएको हो।

जनप्रतिनिधिलाई खबर नै नदिई गरिएको छलफलपछि संशकित बनेका स्थानीय आन्दोलनमा उत्रिएको भोटेकोसी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले बताए।

विश्व स्वास्थ्य संगठनअर्न्तगतको मापदण्ड बमोजिमको हेल्प डेस्कको मेडिकल सेटको तयारी सकेर आवश्यक मेडिकल सामग्री मात्रै ल्याउने निर्णयमा जनप्रतिनिधिले गरेका थिए।

मंगलबार चीनको न्यालमका प्रमुख जिल्ला अधिकारी फिङ ल्यवी, नाका अधिकारी पुबु किरेन, न्यालम कस्टमका चिफ अफिसर छिङ गङ, न्यालम भन्सारका प्रमुख अधिकृत सेन च्वानेगाइङ्गसहित ७ प्रहरी अधिकारीले नेपालका प्रशासन र प्रहरीका प्रतिनिधिसँग छलफल गरेको थियो।

नेपालतर्फका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल,भन्सार अधिकृतदेखि सुरक्षाकर्मी सामेल भएपनि जनप्रतिनिधिलाई छिर्न समेत नदिइएपछि सीमाक्षेत्रका जनप्रतिनिधि रुष्ट बनेका हुन् ।

लकडाउन अवधिभर कोरोना भाइरस (कोभिड–१९) को सम्भावित संक्रमणसँग जोखिम नियन्त्रणका लागि अत्यावश्यक सामग्री अभाव हुन नदिन सरकारले उत्तरका तातोपानी र रसुवागढी नाका खोल्ने निर्णय गरेको थियो।

निर्णयपछि दुबै नाकाबाट एक पटक थोरै सामग्री ल्याइए पनि नियमित आयात हुन सकेको थिएन। अब भने अत्यावश्क सामग्रीको आयात नियमित हुने जनाइएको छ ।

सरकारको निर्णयपछि गएको बुधबार नाकाबाट २९ बक्स मास्क र सेनिटाइजर नेपाल भित्रिएको थियो। २०७२ वैशाख १२ को भूकम्पको कारण चार वर्ष बन्द भएको तातोपानी नाका गत वर्षको जेठ १५ गतेदेखि पुनः सञ्चालनमा आएको थियो। चीनको बुहानबाट कोरोना संक्रमण फैलिएपछि माघ १६ गतेबाट पुनः नाका बन्द गरिएको थियो।

प्रकाशित मिति : ३ बैशाख २०७७, बुधबार  ७ : ३२ बजे

अर्थतन्त्रको विकास र रूपान्तरणमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण : अर्थमन्त्री वाग्ले

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले मुलुकको अर्थतन्त्रको विकास र रूपान्तरणमा

आजदेखि नयाँ प्रशासनिक भवनबाट काठमाडौं वडा नं. ६ को सेवा सुरु

काठमाडौं- काठमाडौं महानगरपालिका वडा नं. ६ ले आजदेखि नयाँ प्रशासनिक

पोखराका सुकुम्वासी सडकमा, लगाए नारा- डोजर आतंक बन्द गर 

काठमाडौं– काठमाडौंमा सुकुम्वासी बस्तीमाथि धमाधम डोजर चल्न थालेपछि पोखराका सुकुम्वासीहरू

पूर्वतिर सर्दै हुरीबताससहित भारी वर्षा गराउने प्रणाली, उपत्यकामा वर्षा हुँदै

काठमाडौं– जल तथा मौसम विज्ञान विभागले हुरीबताससहित भारी वर्षा गराउने

गत वर्षदेखि हराएको फिल्म ‘कुस्ती’ले फेरि तोक्यो रिलिज डेट

काठमाडौं – नायिका मिरुना मगरले साइन गरेको फिल्म छाडेर गरेको