लकडाउनलाई थप कडा पारिने, उल्लंघन गर्नेलाई जेल हालिने « Khabarhub

लकडाउनलाई थप कडा पारिने, उल्लंघन गर्नेलाई जेल हालिने


३ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले लकडाउनलाई थप कडा गर्ने भएको छ । कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले लकडाउनलाई कडाई गर्दै कोरोना भाइरसको परीक्षण, पहिचान र उपचारलाई तिब्रता दिने निर्णय गरेको हो ।

बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालय एवं कोभिड १९ संक्रमण रोकथात तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका सचिव नारायण प्रसाद विडारीले संक्रमण फैलिन नदिन लकडाउनलाई प्रभावकारी बनाउन अनावश्यक आवागमन गर्नेलाई ‘संक्रमण रोग ऐन–२०२०’ अनुसार थुनामा राख्ने सम्मको कारबाही गरिने निर्णय भएको जानकारी दिए ।

संक्रमणको संख्या बढेकोले बढी भन्दा बढी संख्यामा परीक्षण गरी संक्रमितलाई पहिचान गर्ने र उपचारमा जाने निर्णय गरिएको उनले बताए ।

सचिव विडारीले आन्तरिक उडानलाई समेत वैशाख १८ गते (अप्रिल ३०) सम्म स्थागित गरिएको बताए ।

त्यस्तै बैठकले संयुक्त राष्ट्र संघ अन्तर्गत अफगानिस्तानमा काम गर्दै आएका नेपाली नागरिकहरुलाई उद्धार गर्ने निर्णय गरेको छ ।

संयुक्त राष्ट्र संघको विशेष अनुरोध रहेकाले उपयुक्त पद्दतिबाट उद्धार गर्ने निर्णय भएको उनले बताए ।

बैठकले औषधी र स्वास्थ्य सामग्री एवं उपकरणहरुको आयातको क्रममा निजी क्षेत्रबाट आयात गर्ने कुरालाई सहजिकरण गर्ने, स्वास्थ्य तथा जनसंख्या मन्त्रायल मातहतको निकायबाट खरिद गर्ने प्रक्रियालाई निरन्तरता दिने, सरकार सरकार बीचको प्रकृयाबाट ल्याउने कार्यलाई पनि अगाडि बढाउने निर्णय गरेको छ ।

प्रकाशित मिति : ३ बैशाख २०७७, बुधबार  ९ : ०२ बजे

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको

च्याम्पियन्स लिग : पीएसजीसँग म्यानचेस्टर सिटी स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब म्यानचेस्टर सिटी फ्रान्सेली क्लब

कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग

स्याङ्जा– स्याङ्जाको वालिङ– १ यवादीमा अवस्थित कृषि विकास श्रोत केन्द्रले