र्‍यापिड टेस्टमा पोजेटिभ देखिएका बिरामी बोक्न नमान्ने एम्बुलेन्स धादिङमा तोडफोड « Khabarhub

र्‍यापिड टेस्टमा पोजेटिभ देखिएका बिरामी बोक्न नमान्ने एम्बुलेन्स धादिङमा तोडफोड


३ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- र्‍यापिड डाइग्नाेस्टिक टेस्टमा पोजेटिभ देखिएका धादिङका एक जनालाई बोक्न नमानेको भन्दै स्थानीयले एम्बुलेन्स तोडफोड गरेका छन् ।

बिरामी बोक्न नमानेर व्यक्तिगत सामान बोकेको आरोप लगाउँदै स्थानीयले बुधबार साँझ एम्बुलेन्स नियन्त्रणमा लिइ तोडफोड गरेका हुन्।

बुधबार सामान बोकेर एम्बुलेन्स जाँदै गरेको अवस्थामा ज्वालामुखी गाउँपालिका-३ अमराईमा स्थानीयले नियन्त्रणमा लिइ तोडफोड गरेका हुन् । एम्बुलेन्समा सामान्य क्षति पुगेको छ ।

हिजो ज्वालामुखी गाउँपालिकाका एक जनामा र्‍यापिड टेस्ट रिपोर्ट पोजेटिभ देखिएपछि उनलाई अस्पताल लैजान खोज्दा चालक सम्पर्कविहीन बनेका थिए ।

आरडीटी रिपोर्टमा पोजेटिभ देखिएका उनी आफै मोटरसाइकलमा अस्पताल पुगेका थिए ।

बिरामी बोक्न नमान्ने एम्बुलेन्स व्यक्तिगत सामान बोक्न प्रयोग गरिएको भन्दै सामाजिक सञ्जालमा आलोचना समेत गरिएको छ ।

प्रकाशित मिति : ३ बैशाख २०७७, बुधबार  १० : ३० बजे

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल साउन १२ गते मंगलबार सन् २०२६

आज २०८३ साल साउन १२ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन १२ गते मंगलबार सन् २०२६

रोमाञ्चक खेलमा नामिबियासँग नेपाल तीन रनले पराजित

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्सको उट्रेचस्थित स्पोर्टपार्क

कांग्रेस क्रियाशील सदस्यता नवीकरणको अन्तिम मिति साउन १४ गते

काठमाडौँ । नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता नवीकरण गर्ने अन्तिम