र्‍यापिड टेस्टमा पोजेटिभ देखिएका बिरामी बोक्न नमान्ने एम्बुलेन्स धादिङमा तोडफोड « Khabarhub

र्‍यापिड टेस्टमा पोजेटिभ देखिएका बिरामी बोक्न नमान्ने एम्बुलेन्स धादिङमा तोडफोड


३ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- र्‍यापिड डाइग्नाेस्टिक टेस्टमा पोजेटिभ देखिएका धादिङका एक जनालाई बोक्न नमानेको भन्दै स्थानीयले एम्बुलेन्स तोडफोड गरेका छन् ।

बिरामी बोक्न नमानेर व्यक्तिगत सामान बोकेको आरोप लगाउँदै स्थानीयले बुधबार साँझ एम्बुलेन्स नियन्त्रणमा लिइ तोडफोड गरेका हुन्।

बुधबार सामान बोकेर एम्बुलेन्स जाँदै गरेको अवस्थामा ज्वालामुखी गाउँपालिका-३ अमराईमा स्थानीयले नियन्त्रणमा लिइ तोडफोड गरेका हुन् । एम्बुलेन्समा सामान्य क्षति पुगेको छ ।

हिजो ज्वालामुखी गाउँपालिकाका एक जनामा र्‍यापिड टेस्ट रिपोर्ट पोजेटिभ देखिएपछि उनलाई अस्पताल लैजान खोज्दा चालक सम्पर्कविहीन बनेका थिए ।

आरडीटी रिपोर्टमा पोजेटिभ देखिएका उनी आफै मोटरसाइकलमा अस्पताल पुगेका थिए ।

बिरामी बोक्न नमान्ने एम्बुलेन्स व्यक्तिगत सामान बोक्न प्रयोग गरिएको भन्दै सामाजिक सञ्जालमा आलोचना समेत गरिएको छ ।

प्रकाशित मिति : ३ बैशाख २०७७, बुधबार  १० : ३० बजे

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा

बरियारपट्टी छोटी भन्सार स्तरोन्नतिको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र

सिरहा– सिरहाको बरियारपट्टी गाउँपालिका–३ मा रहेको छोटी भन्सार कार्यालय बन्द