आजको मौसम : चट्याङ्, असिना र हावाहुरीसहित वर्षाको सम्भावना « Khabarhub

आजको मौसम : चट्याङ्, असिना र हावाहुरीसहित वर्षाको सम्भावना


२ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज मध्य तथा पूर्वी भूभागमा मौसममा सामान्य बदली र पश्चिमी पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागमा सामान्यतया मौसम सफा रहने जनाएको छ ।

पूर्वी र मध्य भूभागहरु तथा पश्चिमी पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ्, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

शुक्रबार राति देशको पूर्वी भूभागमा सामान्य बदली र मध्य तथा पश्चिमी पहाडी भूभागहरुमा आंशिक बदली रहने तथा बाँकी भूभागमा सामान्यतया मौसम सफा रहने महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ।

पूर्वी भूभागका तथा मध्य र पश्चिमी पहाडी भूभागका थोरै स्थानहरुमा शुक्रबार राति पनि मेघगर्जन, चट्याङ्, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

जेठ २ गते (शुक्रबार)

दिउँसोः देशको मध्य तथा पूर्वी भू-भागमा सामान्य बदली र पश्चिमी पहाडी भु-भागहरुमा आंशिक बदली रही बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहनेछ। पूर्वी र मध्य भू-भागहरु तथा पश्चिमी पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग/असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

रातिः देशको पूर्वी भू-भागमा सामान्य बदली र मध्य तथा पश्चिमी पहाडी भु-भागहरुमा आंशिक बदली रही बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहनेछ। पूर्वी भू-भागका तथा मध्य र पश्चिमी पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग/असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

जेठ ३ गते (शनिबार)

दिउँसोः देशको पूर्वी भू-भाग तथा मध्य पहाडी भू-भागमा सामान्य बदली र पश्चिमी पहाडी भू-भागहरु सहित मध्य क्षेत्रको तराइ भु-भागहरुमा आंशिक बदली रही बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहनेछ। पूर्वी भू-भाग र मध्य पहाडी भू-भागका थोरै स्थानहरु तथा पश्चिमी पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग/असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

रातिः देशको पूर्वी भू-भाग सामान्य बदली र मध्य तथा पश्चिमी पहाडी भू-भागहरुमा आंशिक बदली रही बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहनेछ।पूर्वी भू-भागका थोरै स्थानहरु र मध्य तथा पश्चिमी पहाडी भू-भागका एक/दुई स्थानहरुमा मेघगर्जन/चट्याङ्ग/असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

जेठ ४ गते (आइतबार)

दिउँसोः देशको पूर्वी भू-भागमा सामान्य बदली र मध्य तथा पश्चिमी पहाडी भू-भागहरुमा मध्यान्न पछि आंशिक बदली रही बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहनेछ। पूर्वी भू-भागका थोरै स्थानहरु र मध्य तथा पश्चिमी पहाडी भू-भागहरुमा अपरान्हपछि एक/दुई स्थानहरुमा मेघगर्जन/चट्याङ्ग/असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

रातिः देशको मध्य तथा पूर्वी पहाडी भू-भागमा सामान्य बदली र पुर्वी तराई तथा पश्चिमी पहाडी भू-भागहरुमा आंशिक बदली रही बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहनेछ। पूर्वी भू-भागका थोरै स्थानहरु र मध्य तथा पश्चिमी पहाडी भू-भागहरुमा एक/दुई स्थानहरुमा मेघगर्जन/चट्याङ्ग/असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

देशका मध्य र पूर्वी भू-भागका थोरै स्थानहरु र पश्चिमी पहाडी भु-भागका एक/दुइ स्थानहरुमा मेघगर्जन/चट्याङ्ग/असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

प्रकाशित मिति : २ जेठ २०७७, शुक्रबार  ६ : २१ बजे

म्याग्दीमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली सुरु

म्याग्दी– बेनीस्थित खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले जिल्लामै

एसियाली खेलकुद : क्यानोइङका विजय र आशिषले पोखरामा लिँदैछन् प्रशिक्षण

कास्की– जापानको आइची–नागोया क्षेत्रमा आगामी सेप्टेम्बर १९ देखि अक्टोबर ४ तारिखसम्म

मध्यराति मोदीखोलामा भीषण बाढी: दुई वटा पुल बगे, मन्दिरमा फसेका तीन जनाको उद्धार जारी

कास्की – कास्की र पर्वतको सीमाना भएर बग्ने मोदीखोलामा बिहीबार

इरानविरुद्ध अनिश्चितकालीन नाकाबन्दी लगाउन सकिने अमेरिकाको चेतावनी

काठमाडौँ – अमेरिका र इरानबिच जारी द्वन्द्व थप उत्कर्षमा पुगेको

खोटाङ प्रहरीको एक वर्ष : २०६ मुद्दा दर्ता, ८४ फछ्रर्योट

खोटाङ– जिल्ला प्रहरी कार्यालय खोटाङले आर्थिक वर्ष २०८२-८३ मा २०६