कोरोना भाइरसको संक्रमणले विश्वभर ३ लाखभन्दा बढीको मृत्यु | Khabarhub Khabarhub

कोरोना भाइरसको संक्रमणले विश्वभर ३ लाखभन्दा बढीको मृत्यु


२ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ लाख ३ हजार २४ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म विश्वका २१३ मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोना भाइरसबाट ४५ लाख १९ हजार ९५९ जना संक्रमित छन् ।

बितेको २४ घण्टामा ५ हजार २५९ जनाले ज्यान गुमाएका छन् भने ९४ हजार ३०४ जनामा नयाँ संक्रमण पुष्टि भएको छ ।

संक्रमितमध्ये १६ लाख ९९ हजार ८८३ जना उपचारपछि निको भएर घर फर्किएका छन् । २५ लाख १७ हजार ५२ जनाको उपचार भइरहेको छ । उपचाररत मध्ये ४५ हजार ५५२ जनाको अवस्था गम्भीर छ ।

शुक्रबार बिहान यो समाचार तयार पार्दासम्म कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा १ लाख ५९ हजार ६८ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या १७ लाख १८ हजार ६७२ पुगेको छ ।

उत्तर अमेरिकी मुलुकहरुमा ९७ हजार ६३३ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या १५ लाख ९८ हजार ८८० पुगेको छ ।

यस्तै एसियाली मुलुकहरुमा २५ हजार ५७३ जनाको मृत्यु भएको छ । ७ लाख ३८ हजार ९२० जना संक्रमित छन् ।

दक्षिण अमेरिकी मुलुकहरुमा २० हजार ३८ जनाको मृत्यु भएको छ । ३ लाख ७७ हजार १७४ जना संक्रमित छन् ।

अफ्रिकी मुलुकहरुमा २ हजार ५७८ जनाको ज्यान गएको छ भने ७७ हजार २ जना संक्रमित छन् । त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा ११९ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ८ हजार ५९० पुगेको छ ।

कोरोना भाइरसको महामारीले अमेरिकामा ८६ हजारभन्दा बढीको मृत्यु भएको छ ।

यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा थप १ हजार ६७६ जनाको मृत्यु भएको छ । योसँगै कुल मृतक संख्या ८६ हजार ८७३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ २५ हजार २७० जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या १४ लाख ५५ हजार ६१७ पुगेको छ ।

प्रकाशित मिति : २ जेठ २०७७, शुक्रबार  ६ : १९ बजे

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल वैशाख २३ गते आइतबार तदनुसार

आज २०८१ साल वैशाख २३ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २३ गते आइतबार तदनुसार

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको