कोरोना भाइरसको संक्रमणले विश्वभर ३ लाखभन्दा बढीको मृत्यु « Khabarhub

कोरोना भाइरसको संक्रमणले विश्वभर ३ लाखभन्दा बढीको मृत्यु


२ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ लाख ३ हजार २४ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म विश्वका २१३ मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोना भाइरसबाट ४५ लाख १९ हजार ९५९ जना संक्रमित छन् ।

बितेको २४ घण्टामा ५ हजार २५९ जनाले ज्यान गुमाएका छन् भने ९४ हजार ३०४ जनामा नयाँ संक्रमण पुष्टि भएको छ ।

संक्रमितमध्ये १६ लाख ९९ हजार ८८३ जना उपचारपछि निको भएर घर फर्किएका छन् । २५ लाख १७ हजार ५२ जनाको उपचार भइरहेको छ । उपचाररत मध्ये ४५ हजार ५५२ जनाको अवस्था गम्भीर छ ।

शुक्रबार बिहान यो समाचार तयार पार्दासम्म कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा १ लाख ५९ हजार ६८ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या १७ लाख १८ हजार ६७२ पुगेको छ ।

उत्तर अमेरिकी मुलुकहरुमा ९७ हजार ६३३ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या १५ लाख ९८ हजार ८८० पुगेको छ ।

यस्तै एसियाली मुलुकहरुमा २५ हजार ५७३ जनाको मृत्यु भएको छ । ७ लाख ३८ हजार ९२० जना संक्रमित छन् ।

दक्षिण अमेरिकी मुलुकहरुमा २० हजार ३८ जनाको मृत्यु भएको छ । ३ लाख ७७ हजार १७४ जना संक्रमित छन् ।

अफ्रिकी मुलुकहरुमा २ हजार ५७८ जनाको ज्यान गएको छ भने ७७ हजार २ जना संक्रमित छन् । त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा ११९ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ८ हजार ५९० पुगेको छ ।

कोरोना भाइरसको महामारीले अमेरिकामा ८६ हजारभन्दा बढीको मृत्यु भएको छ ।

यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा थप १ हजार ६७६ जनाको मृत्यु भएको छ । योसँगै कुल मृतक संख्या ८६ हजार ८७३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ २५ हजार २७० जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या १४ लाख ५५ हजार ६१७ पुगेको छ ।

प्रकाशित मिति : २ जेठ २०७७, शुक्रबार  ६ : १९ बजे

साउदी–पाकिस्तान–टर्कीबीच सैन्य क्षमता र सुरक्षा सहकार्य विस्तारमा जोड

एजेन्सी– साउदी अरब, पाकिस्तान र टर्कीएका सैन्य प्रमुखहरूले शुक्रबार रियादमा

तीन महिनामा मधेसबाट २७ करोडका सामान बरामद

काठमाडौं– पछिल्लो तीन महिनामा सशस्त्र प्रहरीले मधेस प्रदेशबाट झण्डै रु

चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा सतर्कता अपनाउन आग्रह

नारायणगढ – अविरल वर्षासँगै बाढी र डुबानको जोखिम बढेपछि चितवन

नारायणी नदी पसेपछि सुस्ताका स्थानीयलाई सुरक्षित स्थानमा सारिँदै

एजेन्सी– नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), १० असोजः पश्चिम नवलपरासीको सुस्ता

परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कमा नेपाली डायस्पोरासँग अन्तरक्रिया

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने क्रममा