काठमाडौं – साढे ४ महिनादेखि फैलिएको कोरोना भाइरसको संक्रमणबाट रुसमा २ लाख ५२ हजारभन्दा बढी संक्रमित भएका छन् ।
पछिल्लो २४ घण्टामा त्यहाँ ९ हजार ९७४ जनामा संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या २ लाख ५२ हजार २४५ पुगेको छ ।
यस्तै एकै दिन ९३ जनाको मृत्यु भएपछि त्यहाँ ज्यान गुमाउनेको संख्या २ हजार ३०५ पुगेको छ ।
१ लाख ९६ हजार ४१० जनाको उपचार भइरहेकोमा २ हजार ३०० जनाको अवस्था गम्भीर छ ।
प्रतिक्रिया