काठमाडौं – इटालीमा २ लाख २३ हजारभन्दा बढी मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन् ।
कोरोना भाइरसको संक्रमणबाट इटालीमा २४ घण्टामा २६२ जनाको मृत्यु भएको छ ।
योसँगै इटालीमा मृतकको संख्या ३१ हजार ३६८ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ९९२ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २ लाख २३ हजार ९६ पुगेको छ ।
इटालीमा संक्रमितमध्ये १ लाख १५ हजार २८८ जना उपचारपछि निको भएका छन् ।
उपचार गराइरहेका ७६ हजार ४४० जनामध्ये ८५५ जनाको अवस्था गम्भीर रहेको इटालीका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।
प्रतिक्रिया