सरकारको नीति तथा कार्यक्रम आज आउदै, रोजगारी र स्वास्थ्य क्षेत्र प्राथमिकतामा | Khabarhub Khabarhub

सरकारको नीति तथा कार्यक्रम आज आउदै, रोजगारी र स्वास्थ्य क्षेत्र प्राथमिकतामा

४ बजे राष्ट्रपतिले संसदमा सम्बोधन गर्ने


२ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले रोजगारी र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर तयार गरेको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद (प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठक) मा अपराह्न ४ बजे सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछिन् ।

संघीय संसद सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेका अनुसार नीति तथा कार्यक्रम प्रस्तुत हुनु अगावै ३:४५ बजे सबै सांसदलाई बैठक कक्षमा उपस्थितिका लागि अनुरोध गरिएको छ ।

कोरोना भाइरसको संक्रमणको जोखिम रहेकाले सामाजिक दूरी कायम हुने गरी बैठक कक्षमा बस्ने व्यवस्था मिलाइएको छ । प्रतिनिधिसभामा २ सय ७५ र राष्ट्रियसभामा ५९ सांसद छन् ।

सामाजिक दूरी कायम राख्नुपर्ने भएकाले कतिपय सांसदलाई बाल्कुनीमा समेत बस्ने व्यवस्था मिलाइएको उनले जानकारी दिए ।

संक्रमणको जोखिम उच्च भएकाले यस पटकको नीति तथा कार्यक्रममा २९ जना अतिथिलाई मात्रै निमन्त्रणा गरिएको छ ।

संबैधानिक निकायका प्रमुख लगायतका उच्च सरकारी अधिकारीलाई बोलाइए पनि कुटनीतिक नियोगका प्रतिनिधिलाई यस पटक नबोलाइएको उनले बताएका छन् ।

जोखिमलाई ध्यानमा राखेर संसद् भवनमा पीसीआर परीक्षण नभएकाहरूलाई प्रवेशमा निषेध गरिएको छ ।

कोरोना भाइरस संक्रमणले मुलुक आक्रान्त भइरहेका बेला सरकारले नीति तथा कार्यक्रममा रोजगारी र स्वास्थ्य क्षेत्रलाई प्राथमिकता राखेको बताइएको छ ।

नीति तथा कार्यक्रममा यसपटक नयाँ कार्यक्रम नआउने तथा स्वास्थ्य रोजगारीलाई प्राथमिकता दिएर बजेट तय गरिने अर्थमन्त्री डा.युवराज खतिवडाले यसअघि नै जनाउ दिइसकेका छन् ।

सो नीति तथा कार्यक्रमका आधारमा जेठ १५ गते आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेट आउने छ ।

प्रकाशित मिति : २ जेठ २०७७, शुक्रबार  ७ : ५७ बजे

यी भूभागमा मध्यमदेखि धेरै ठूलो वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अहिले

डोनबास रुसलाई दिने कुरा स्वीकार्य हुँदैन : जेलेन्स्की

किभ – युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध विरामका लागि डोनबास

चार दिनपछि खुल्यो कालीगण्डकी करिडोर

बागलुङ – चट्टानसहितको ठूलो पहिरो खसेपछि अवरुद्ध बनेको कालीगण्डकी करिडोरको

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल साउन २८ गते बुधबार। भाद्र