सभामुख चयनका लागि चैत २२ गते निर्वाचन हुने « Khabarhub

सभामुख चयनका लागि चैत २२ गते निर्वाचन हुने


१८ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


390
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाको सभामुख चयनका लागि चैत २२ गते निर्वाचन हुने भएको छ ।

बुधबार सिंहदरबारस्थीत संसद् सचिवालयमा बसेको सर्वदलीय बैठकमा चैत्र २२ गते बस्ने प्रतिनिधिसभा बैठकमा सभामुख निर्वाचन गर्नेगरि तालिका बनाउने सहमति जुटेको हो । 

सभामुख चयनका लागि बिहीबार बस्ने पहिलो बैठकमा नै निर्वाचनको प्रस्ताव प्रस्तुत हुने र चैत २० गते मनोनयन दर्ताका लागि समय छुट्टाउने गरी प्रक्रिया अघि बढ्ने रास्वपा सांसद कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।

त्यस्तै प्रतिनिधिसभाको बैठक सञ्चालनको लागि नयाँ नियमावली नबन्दासम्म पहिलेकै नियमावलीबाट बैठक सञ्चालन गरिने उनले बताए ।

त्यसैगरि पहिलो बैठकमा जेन-जी आन्दोलनका सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरिने र दलका शीर्ष नेताहरूले शुभकामना मन्तव्य दिने तय भएको छ ।

रास्वपा सांसद बुर्लाकोटीले कार्य व्यवस्थामा रास्वपाका सांसदहरूको संख्या अलि बढी रहेकाले अरु दलका सांसदहरूलाई प्रतिनिधित्व गर्ने विषयमा छलफल भएको र यस विषयमा पार्टीभित्र पनि छलफल गर्ने बताए । 

त्यस्तै बैठकपछि राप्रपा सांसद खुश्वु ओलीले राष्ट्रिय मान्यता प्राप्त दलहरूलाई हरेक समितिमा प्रतिनिधित्व गराउने विषयमा आफूले कुरा राखेको बताइन् । प्रतिनिधिसभा नियमावलीमा संशोधन गर्ने विषयमा पनि पार्टीका तर्फबाट आवश्यक सुझाव राखिएको उनको भनाइ छ ।  

प्रतिनिधिसभाको पहिलो बैठक बिहीबार दिउसो २ बजे संसद् भवन सिंहदरबारमा बस्दैछ । सो बैठकको कार्यसूची तयार गर्न संसदमा प्रतिनिधित्व गर्ने राष्ट्रिय दलहरूसँग संसद् सचिवालयले छलफल गरेको हो ।  

प्रकाशित मिति : १८ चैत्र २०८२, बुधबार  ३ : ५० बजे

बानेश्वरबाट अनलाइन सट्टेबाजी र क्रिप्टोकरेन्सी कारोबारमा संलग्न तीन जना पक्राउ

काठमाडौं – अवैध अनलाइन सट्टेबाजी तथा क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेको

विरगञ्जमा घरेलु मदिरासहित चार जना प्रहरी नियन्त्रणमा

वीरगञ्ज – प्रहरीले तीन हजार ५०० लिटर तयारी घरेलु मदिरासहित

समृद्धिका लागि अनुसन्धान, नवप्रवर्तन र आविष्कारलाई प्राथमिकता दिएका छौँ : मन्त्री पुन

म्याग्दी – विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपालको समृद्धिका

उडानमा टर्बुलेन्स आउन सक्छ, तर गन्तव्यमा सुरक्षित पुर्‍याउँछौं : रवि लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो

बाल्टिनको पानीमा डुबेर १८ महिनाका बालकको मृत्यु

कैलाली – कैलालीमा बाल्टिनमा डुबेर बालकको मृत्यु भएको छ ।