कालिमाटी तरकारी बजार क्षेत्रमा कोरोना परीक्षण « Khabarhub

कालिमाटी तरकारी बजार क्षेत्रमा कोरोना परीक्षण


२ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौँ उपत्यकामा कोभिड–१९ को सङ्क्रमण बढ्दै गइरहेको भन्दै काठमाडौँ महानगरपालिकाले परीक्षणको दायरा बढाएको छ ।

महानगरपालिकाले बिहीबार कालिमाटी तरकारी बजार क्षेत्रमा कोरोना सङ्क्रमितको पहिचानका लागि बिहान ११ बजे शुरु गरिएको आरडीटी र पीसीआर परीक्षण साँझ साढे ६ बजेसम्म गरेको थियो ।

महानगरले कालिमाटी तरकारी तथा फलफूल विकास समिति र इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखासँग समन्वय गरेर परीक्षणको प्रबन्ध गरेको हो ।

बजार क्षेत्रभित्रबाट बिक्री हुने तरकारी, फलफूल र माछा ढुवानी गर्ने चालक र सहचालक, भरिया तथा मजदुर, कर्मचारी, सरसफाइ मजदुर, सुरक्षाकर्मीसहित बजारसँग सम्बन्धित व्यक्तिहरुमा कोरोना भाइरस भए/नभएको पत्ता लगाउन यस प्रकारको परीक्षण गरिएको हो ।

परीक्षण अवलोकन गर्न महानगरका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ तरकारी बजार पुगेका थिए ।

कालिमाटी तरकारी तथा फलफूल विकास समितिका उपनिर्देशक विनय श्रेष्ठका अनुसार कालिमाटीमा इजाजत लिएर थोक तथा खुद्रा व्यापार गर्ने ५५० व्यापारी छन् ।

सामान्य अवस्थामा बजारमा हरेक दिन १० हजारभन्दा बढी मानिसको आवतजावत हुन्छ ।

तरकारी, फलफूल तथा माछा लिएर दैनिक औषतमा एक हजार बढी सवारी आउँछन् भने दुई हजार बढी मोटरसाइकल आवतजावत गर्छन् ।

बजारसँग आश्रित ५०० भरिया मजदुर छन् । बजार व्यवस्थापनका लागि ६३ कर्मचारी र सुरक्षाकर्मी कार्यरत छन् भने २० मजदुर सरसफाइमा कार्यरत छन् ।

सरकारले जोखिममा रहेका ७० प्रतिशत नागरिकको आरडीटी र जोखिममा रहेका ३० प्रतिशतको पीसीआर परीक्षण गर्ने गरी काम भइरहेको जनाएको छ ।

प्रकाशित मिति : २ जेठ २०७७, शुक्रबार  ८ : १५ बजे

एमाले संसदीय दलको बैठक (तस्बिरहरू)

काठमाडौं– नेकपा (एमाले) संसदीय दलको बैठक बसिरहेको छ । बुधबारदेखि

भारतमा जनगणना सुरु, नीति र राजनीति दुवैमा ठूलो प्रभाव पर्ने सङ्केत

नयाँदिल्ली– लामो समयदेखि स्थगित हुँदै आएको भारतको राष्ट्रिय जनगणना अन्ततः

सङ्खुवासभामा ट्रयाक्टर दुर्घटनामा एक जनाको मृत्यु

किमाथाङ्का– सङ्खुवासभाको पाँचखपन नगरपालिका–४ खानीगाँउमा ट्याक्टर दुर्घटना एक जनाको मृत्यु भएको

बर्डफ्लू सङ्क्रमण फैलिएपछि सुनसरीमा १९ हजार कुखुरा नष्ट

सुनसरी– सुनसरीका विभिन्न स्थानीय तहमा किसानका कुखुरा फार्ममा बर्डफ्लू सङ्क्रमण

बिचौलियालाई यातायात व्यवस्था कार्यालयमा प्रवेश निषेध

कञ्चनपुर– यातायात व्यवस्था कार्यालय महेन्द्रनगरले कार्यालय परिसरभित्र बिचौलियाको प्रवेश पूर्ण