थप ९ जनामा कोरोना संक्रमणको पुष्टि, नेपालमा संक्रमितको संख्या २५८ पुग्यो « Khabarhub

थप ९ जनामा कोरोना संक्रमणको पुष्टि, नेपालमा संक्रमितको संख्या २५८ पुग्यो


२ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आज विहान थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २५८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अध्यावधिक विवरण जारी गर्दै आज विहान थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र भेरी अस्पतालकाे नेपालगञ्जमा गरिएको परीक्षण अनुसार ९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले जानकारी दिए ।

उनका अनुसार आज विहान संक्रमण पुष्टि भएकाहरुमा मकावानपुर निवासी ३७ वर्षीय पुरुष, बाँके नैनापुर-०१, ०३ र ०५ निवासी १८, २०, २२, २५, २७, ३२ र ३६ वर्षीय पुरुष रहेका छन् । आज संक्रमण पुष्टि भएका सबैको स्वास्थ्य अवस्था सामान्य रहेको उनले बताए ।

प्रकाशित मिति : २ जेठ २०७७, शुक्रबार  ८ : २३ बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका