सिन्धुलीमा रासायनिक मलको कालोबजारी गर्ने धरौटीमा रिहा « Khabarhub

सिन्धुलीमा रासायनिक मलको कालोबजारी गर्ने धरौटीमा रिहा


२ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुली – लकडाउनको मौका छोपी रासायनिक मलको कृत्रिम अभाव गरेर कालोबजारी गरेको आरोपमा पक्राउ परेका एक सहकारी संस्थाका सञ्चालक धरौटीमा छुटेका छन् ।

सिन्धुलीको कमलामाई नगरपालिका–६ स्थित बागवानी कृषि सहकारी संस्था लिमिटेडका सञ्चालक डुकेन्द्र दाहालले जिल्ला प्रशासन कार्यालय सिन्धुलीको आदेशमा एक लाख ७० हजार धरौटीमा छुटेका हुन् ।

रासायनिक मलको मूल्यवृद्धि गरी कालोबजारी गरेको आरोपमा प्रहरीले गत वैशाख २४ गते दाहाललाई पक्राउ गरेको थियो ।

वैशाख ३१ गते धरौटी रकम जम्मा गरेपछि दाहाललाई छाडेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिए ।

प्रहरीले सहकारीको गोदामसमेत सिल गरेको थियो । नेपाल सरकारबाट सिन्धुलीका कृषकलाई बिक्री गर्न अनुदानमा आएको युरिया मलको मूल्यवृद्धि गरी बेचेको र जिल्लाका किसानलाई बिक्री नगरी रामेछापको एक सहकारीलाई बैच्दै गरेको अवस्थामा प्रहरीले सञ्चालक दाहाललाई पक्राउ गरेको थियो ।

अनुदानमा आएको ५० केजीका ८४० बोरा युरिया मल उक्त सहकारीका सञ्चालक दाहालले सिन्धुली जिल्लाका कृषकलाई बिक्रीवितरण नगरी १७० बोरा युरिया मल प्रगतिशील कृषि सहकारी संस्था रामेछापलाई बिक्री वितरण गर्दै गरेको अवस्थामा प्रहरीले गोदाम नै सिल गरेको थियो ।

 

प्रकाशित मिति : २ जेठ २०७७, शुक्रबार  ८ : ४६ बजे

भारतमा जनगणना सुरु, नीति र राजनीति दुवैमा ठूलो प्रभाव पर्ने सङ्केत

नयाँदिल्ली– लामो समयदेखि स्थगित हुँदै आएको भारतको राष्ट्रिय जनगणना अन्ततः

सङ्खुवासभामा ट्रयाक्टर दुर्घटनामा एक जनाको मृत्यु

किमाथाङ्का– सङ्खुवासभाको पाँचखपन नगरपालिका–४ खानीगाँउमा ट्याक्टर दुर्घटना एक जनाको मृत्यु भएको

बर्डफ्लू सङ्क्रमण फैलिएपछि सुनसरीमा १९ हजार कुखुरा नष्ट

सुनसरी– सुनसरीका विभिन्न स्थानीय तहमा किसानका कुखुरा फार्ममा बर्डफ्लू सङ्क्रमण

बिचौलियालाई यातायात व्यवस्था कार्यालयमा प्रवेश निषेध

कञ्चनपुर– यातायात व्यवस्था कार्यालय महेन्द्रनगरले कार्यालय परिसरभित्र बिचौलियाको प्रवेश पूर्ण

महाकालीमा बगेर एक जना बेपत्ता

बैतडी– महाकाली नदीमा बगेर पञ्चेश्वर गाउँपालिका–४ बन्नाका ६४ वर्षीय कृष्ण