एक सामुदायिक वन, एक पोखरी अभियान शुरु | Khabarhub Khabarhub

एक सामुदायिक वन, एक पोखरी अभियान शुरु


२ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर- भीमदत्त नगरपालिकाले ‘एक सामुदायिक वन, एक पोखरी अभियान’ सञ्चालन गरेको छ । सामुदायिक वनभित्र रहेका वन्यजन्तुलाई चर्को गर्मीमा पानीको समस्या हुन नदिनका लागि पोखरी निर्माण गर्ने अभियान सञ्चालन गरिएको हो ।

नगर क्षेत्रका सबै सामुदायिक वनमा पोखरी निर्माण अभियान शुरु गरिएको छ । वन क्षेत्रमा पानीको सतह सुक्दै जान थालेपछि वन्यजन्तु सामुदायिक वन छाडेर पलायन हुने गरेका कारण नगरपालिकाले पोखरी निर्माण गरी पानीको व्यवस्थान गर्न थालेको हो ।

भीमदत्त नगरपालिका–७ हल्दुखालको सिद्ध सामुदायिक वनबाट पोखरी निर्माण शुरु गरिएको छ । पानीको अभावमा सामुदायिक वनबाट लोप हुँदै गएका जीवजन्तु र चराचुरुङ्गी जोगाउनका लागि पोखरी निर्माणको अभियानलाई नगरपालिकाका सबै सामुदायिक वनमा सञ्चालन गरिएको नगरप्रमुख सुरेन्द्र विष्टले बताए ।

सामुदायिक वनको जैविक विधिता जोगाउन र जीवजन्तुको बासस्थान सुरक्षा गर्नका लागि पोखरी निर्माण अभियान कार्यक्रमले सघाउ पुर्‍याउने उनले बताए ।

सामुदायिक वनका अध्यक्ष रङ्गी बोहराले पोखरी निर्माणले वन्यजन्तुलाई पानीको सुविधा हुने बताए । “वनको उत्तरी क्षेत्र तालडाडामा एउटा पोखरी छ । अब यो पनि बन्छ । यसबाट जनावरलाई पानी खान सजिलो हुन्छ”, उनले भने ।

पोखरी निर्माणका लागि रु नौ लाख खर्च हुनेछ । सिद्ध सामुदायिक वनमा ५०० बढी घरधुरी छन् । यसअघि मटेनाको बैजनाथ सामुदायिक वनमा पोखरी निर्माण गरिएको छ । भीमदत्त नगरपालिकाको पाँचौँ नगरसभाबाट चालू आर्थिक वर्षका लागि एक सामुदायिक वन, एक पोखरी निर्माण कार्यक्रम पारित गरिएको थियो । नगरपालिकाको उत्तरी क्षेत्रमा आठ सामुदायिक वन रहेका छन् ।

घुम्ती पसल सेवा बन्द

लकडाउनको समयमा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा सञ्चालन गरिएका घुम्ती पसल सेवा बन्द गरिएका छन् ।

लकडाउनको समयमा स्थानीयवासीलाई दैनिक उपभोग्य सामग्री उपलब्ध गराउने उद्देश्यले गत चैत २२ गतेदेखि सञ्चालन गरिएको सो पसल सेवा बन्द गरिएको नगरपालिकाले जनाएको छ । कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि गृह मन्त्रालयले सबै प्रकारका पास रद्द गर्ने निर्णय गरेपछि शुक्लाफाँटा नगरपालिकाले घुम्ती पसल सञ्चालनका लागि दिइएको अनुमति रद्द गरिएको हो ।

नगरपालिकाको कोरोना भाइरस नियन्त्रण प्रतिकार्य नगर समन्वय समितिको बैठकले घुम्ती पसल सेवा बन्द गर्ने निर्णय गरेसँगै सो सेवा सञ्चालन नगर्नका लागि निर्देशनसमेत जारी गरिएको नगरप्रमुख दिलबहादुर ऐरले बताए ।

नगरपालिकाले दैनिक छ वटा गाडीमार्फत अत्यावश्यक खाद्यान्नलगायत दैनिक उपभोग्य सामग्री नगरवासीको घरदैलोमा नै उपलब्ध गराउँदै आएको थियो ।
“घुम्ती पसल सेवा प्रभावकारी नभएको र बन्दाबन्दीको पालना नगरी सेवा सञ्चालन गरिएका गुनासासमेत आएकाले सेवा नै बन्द गरेका छौँ”, उनले भने, “सामाजिक दूरी कायम नगरिएको र बढी व्यक्तिको जमघट हुन थालेपछि सेवा बन्द गरिएको छ ।”

नगरभित्र बिहान ६ देखि ९ बजेसम्म सामाजिक दूरीको ख्याल गरी अत्यावश्यक दैनिक उपभोग्य सामग्रीको पसल खोल्न अनुमति दिनका लागि समन्वय समितिले कार्यपालिकाबाट अनुमति माग गर्ने निर्णय पनि गरेको छ ।

सञ्चालनमा रहेका खाद्य पसल अनुगमनको कार्यलाई कडाइका साथ पालना गर्ने निर्णयसमेत गरिएको छ । नगरभित्रका महत्वपूर्ण विकास निर्माणकार्य अगाडि बढाउनका लागि नगरपालिकाले गृहकार्य समेत अगाडि बढाएको छ । यसअघि सेवा प्रभावकारी नभएपछि भीमदत्त नगरपालिकाले सञ्चालन गर्दै आएको घुम्ती पसल सेवासमेत बन्द गरिएको थियो ।

ग्रामीण सहकारीले उपभोक्तालाई महसुलमा छुट दिने

कञ्चनपुरको बेदकोट नगरपालिकाका चार ग्रामीण विद्युत् सहकारी संस्थाले बन्दाबन्दीको समयलाई मध्यनजर गर्दै ग्राहस्थ महसुलमा छुट दिने घोषणा गरेका छन् । अतिविपन्न परिवारलाई ग्रामीण विद्युत् सहकारी संस्थाले चैत र वैशाख महिनासम्मको शून्यदेखि ४० युनिटसम्म खपत भएका ग्राहस्थ उपभोक्ताले घरबत्ती जडानको हकमा कूल रकमको ५० प्रतिशत र ४० देखि माथि युनिट खपत भएका ग्राहस्थ उपभोक्तालाई २० प्रतिशत छुट दिने घोषणा गरेको वडा नं २ का वडाध्यक्ष नरेशबहादुर सिंहले बताए ।

नगरपालिकको वडा नं १, २ र ३ का लोकतान्त्रिक, चन्द्रज्योति, गणेश र बेदकोट ग्रामीण विद्युत् सहकारी संस्थाले बन्दाबन्दीका बेला अतिविपन्न र दैनिक ज्यालादारीमा काम गर्ने ग्राहस्थ उपभोक्तालाई विद्युत् महसुलमा छुट दिने भएका छन् । बन्दाबन्दी घोषणा भएको समयदेखि असार मसान्तसम्मको हर्जानासमेत नलाग्ने भएको छ ।

प्रकाशित मिति : २ जेठ २०७७, शुक्रबार  ९ : २५ बजे

सांसद् बजगाईंले कुप्रचार गरेको भन्दै मन्त्री पाण्डेद्वारा पार्टीमा उजुरी 

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा नेपाली कांग्रेसका

श्रीलंकामा वाम गठबन्धनको शानदार जित

एजेन्सी–श्रीलंकाका राष्ट्रपति अनुरा कुमारा दिसानायकेको वाम गठबन्धनले मध्यावधि विधानसभा चुनावमा

गण्डकीमा डेंगु सङ्क्रमणबाट आठ जनाको मृत्यु

गण्डकी– गत पुस र माघदेखि गण्डकी प्रदेशमा १८ हजार तीन

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– साताको अन्तिम कारोबार दिन अर्थात् शुक्रबार नेपाली बजारमा सुनको

हिमालयन पावरले हकप्रद शेयर जारी गर्ने 

काठमाडौं– हिमालयन पावर पार्टनर लिमिटेडले हकप्रद शेयर जारी गर्ने भएको