कोरोनाले समस्यामा परेकालाई राखेप सदस्य कुँवरको सहायता « Khabarhub

कोरोनाले समस्यामा परेकालाई राखेप सदस्य कुँवरको सहायता


२ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड १९) को नियन्त्रण र रोकथाम गर्न लागू गरिएको लकडाउन कारण प्रत्यक्ष मारमा परेकाहरुको सहयोगमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य एकेन्द्र कुँवर जुटेका छन् ।

लकडाउन लागू भएदेखि नै दैनिक ज्यालादारी गरी गुजारा चलाउदै आएका मजदूर, आर्थिक अवस्था कमजोर भएका, विपन्न वर्गका परिवारलगायतलाई निजी खर्चमा राहत स्वरुप खाद्यान्न वितरण गर्ने कार्यमा कुँवर सक्रिय भएका हुन् ।

बिहीबार सदस्य कुँवरले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा १ सय १० परिवारलाई राहत वितरण गरे । उनले आवश्यक परे आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

‘विश्वव्यापी यो असहज स्थितिको चाँदै अन्त्य होस् भन्ने कामना गर्न चाहन्छु । कसैले पनि यस्तो स्थितिको सामना गर्नु नपरोस् । तर, परि आएको खण्डमा सक्दो सहयोग गर्न पछि हट्दिन,’ कुँवरलाइै उद्धत गर्दै राखेपले जनाएको छ ।

उनले यसअघि कीर्तिपुरका दृष्टिविहीन, काठमाडौंका विभिन्न मठ मन्दिरका साधु सन्त, विरामी कुरुवा, मजदुर, अपाङ, सरसफाइमा खटिएका कर्मचारी, भारतीय मजदुर, विपन्न परिवारलाई खाद्यान्न सहयोग गरेका थिए । अध्ययनका लागि काठमाडौंमा रहेका सुदूरपश्चिम प्रदेशका कैयौं विद्यार्थीलाई उनले राहत उपलब्ध गराए ।

कुँवर सुदूरपश्चिमको अछाम जिल्ला निवासी हुन् । गत चैत १२ गते सुदूरपश्चिममा पहिलो कोरोना भाइरस संक्रमित भेटिएपछि संकलन गरिएको अन्य सम्भावित ७० जना भन्दा बढीको स्वाब जोखिम मोलेर आफ्नै गाडीमा परीक्षणका लागि काठमाडौं ल्याएका थिए ।

उनले लक्षित वर्गलाई वितरण गर्न केहि संस्थालाई आर्थिक र खाद्य सामाग्री पनि प्रदान गरेका थिए । राहत सामाग्री वितरण गर्दा धेरै भिडभाड नहोस् भन्ने उद्देश्यले लक्षित वर्ग बस्ने घरमै गएर कुँवरले राहत वितरण गर्दै आएका छन् ।

प्रकाशित मिति : २ जेठ २०७७, शुक्रबार  ११ : ३५ बजे

नेपालको कमजोर प्रदर्शन जारी, नेदरल्यान्ड्सले सजिलै हरायो

काठमाडौं – आईसीसी विश्वकप लिग २ अन्तर्गतको एक दिवसीय खेलमा

बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउँदै अर्जुनधारा

झापा – यहाँको अर्जुनधारा नगरपालिका र नेपाल रेडक्रस सोसाइटी झापा

मध्यपूर्वको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस

संयुक्त राष्ट्रसङ्घ – मध्यपूर्वमा जारी द्वन्द्वले क्षेत्रलाई ‘कल्पनाभन्दा बाहिर’ पु-याएको

अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी

वासिङ्गटन – यमनका हुथी विद्रोहीहरूले ढुवानी जहाजहरूमाथि गरेको आक्रमणको लागि

सूर्यवंशीको कीर्तिमानी अर्धशतकमा भारतको शानदार पुनरागमन, हारको श्रृंखला अन्त्य

काठमाडाैं – भारतले युवा ओपनर वैभव सूर्यवंशीको कीर्तिमानी अर्धशतकको मद्दतमा