पिथौरागडमा नेपाली मजदूर अलपत्र « Khabarhub

पिथौरागडमा नेपाली मजदूर अलपत्र


२ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाजुरा- ज्याला मजदुरीको सिलसिलामा भारत गएका २५ जना कामदार भारतको पिथौरागडमा अलपत्र परेका छन् ।

लकडाउन जारी रहँदा काम नपाएको र खान बस्न समस्या भएपछि बाजुराको बडीमालिका नगरपालिका वडा नं १ का २५ जना नेपाली मजदुर अलपत्र परेका हुन् ।

घर मालिकले कोठाबाट निकालेपछि उनीहरु अलपत्र परेका हुन् । उनीहरु कामका लागि पिथौरागड पुगेका थिए । सँगै घरभाडामा बस्ने गरेका नेपालीलाई घरमा नबस्न भन्दै मालिकले रातिको समयमा कोठाबाट निकालेको धनबहादुर कार्कीले जानकारी दिए ।

मालिकले कोठाबाट निकालेपछि सडकमा बसिरहेका उनीहरुले नेपाल लैजान गुहार गरेका छन् । बडीमालिका नगरपालिकालाई भाडा ऋण काडेर आफैँ तिर्ने र क्वारेन्टाइनमा बस्न तयार रहेको जानकारीसहित नेपाल लैजान अनुरोध गरेका छन् ।

खाद्यान्नसमेत सकिएको थियो, त्यही बेला घर मालिकले सामान बाहिर फालेर नेपाल जान भन्दै निकाला गरेको दुखेसो उनीहरुको छ । पिथौरागडबाट नेपाल फर्किन सहयोग गरिदिन सामाजिक सञ्जालमार्फत अनुरोध गरेका छन् ।

अलपत्र पर्नेमा बडीमालिका नगरपालिका–१ का स्थानीय रहेका छन् । पिथौरागडमा नोकरीका लागि गएका थिए । सडकमा नै अलपत्र पर्नेमा सोही वडाका पिनालेखका धनबहादुर कार्की, भगवान भण्डारी, हिक्मत कार्की, डवल भण्डारी, दीपक कार्की, अके कार्की, कृष्ण कार्की, वीर कार्की, शेरबहादुर खड्का रहेका छन् ।

यसैगरी दिलबहादुर कार्की, धनबहादुर भण्डारी, किणी भण्डारी, खडक दानी, चन्द्र खड्का, तुले कार्की, हरि दानी, भीम दानी, रमेश दानी, धीर दानी रहेको बडीमालिका नगरपालिका–१ का रामबहादुर दानीले जानकारी दिए ।

दानीका अनुसार सोही स्थानमा सुरेन्द्र दानी, गङ्गमती ल्वार, दुर्गा भण्डारी, सागर भण्डारी, निशान कार्की र पूजा भण्डारी पनि रहेको बताइएको छ । तत्काल उद्धार गरी नेपालमै फर्काउन आग्रह गरे पनि सरकारले सीमा प्रवेशमा निषेध गरेको छ ।

बडीमालिका नगरपालिका–१ का वडाध्यक्ष रामबहादुर कार्कीले भने वडा पालिकाको बैठक बसेर भारतमा गएका वडाका स्थानीयवासीको लगत सङ्कलन गर्ने र उनीहरुलाई जिल्लामा क्वारेन्टाइनमा बसाउने सर्तमा ल्याउनका लागि पहल भएको बताए ।

वडावासी अलपत्र परेको खबर आएपछि उनीहरुलाई जिल्लामा ल्याउने गरी नगरपालिकालाई सिफारिस गर्न जिल्ला प्रशासन कार्यालयमा पठाइएको छ । प्रशासनको निर्णय आएपछि बाँकी प्रक्रिया अघि बढाउने वडाध्यक्ष कार्कीको भनाइ छ ।

प्रकाशित मिति : २ जेठ २०७७, शुक्रबार  १२ : ५६ बजे

पेट्रोलको मूल्य २० रुपैयाँले घट्यो

काठमाडौँ । पेट्रोल प्रतिलिटर २० र डिजेलको मूल्य ३० रुपैयाँले

चिडियाखानामा बर्डफ्लु नियन्त्रणमा

ललितपुर । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा गत असार ५ गते

सानेपाबाट कबाडी बोकेका १० ट्रक सशस्त्र प्रहरीको नियन्त्रणमा

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले ललितपुरको सानेपाबाट कबाडी बोकेका

स्कुल बसले किच्दा ५ वर्षीया बालिका र सहचालकको मृत्यु

काठमाडौँ । सिरहा जिल्लाको लक्ष्मीपुरपतारी गाउँपालिका–२ पर्सास्थित भित्री सडकखण्डमा स्कुल

महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड

काठमाडौं । महान्यायाधिवक्ता डा नारायणदत्त कँडेलको योग्यतासम्बन्धी रिटमा सर्वोच्च अदालतले