हङकङ र जापानबाट छुट्टीमा आएका जान पाउने « Khabarhub

हङकङ र जापानबाट छुट्टीमा आएका जान पाउने

लकडाउन लम्बिन सक्ने


२ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- हङकङ र जापानबाट छुट्टीमा घर आएका नेपाली फेरि जान पाउने भएका छन् ।

जापान र हङकङबाट छुट्टीमा आएकालाई सरकारले जान दिने अनुमति दिएको हो ।

शुक्रबार बसेको उच्चस्तरीय समन्वय समितिको अनौपचारिक बैठकले त्यहाँको भिसा भएकाहरूलाई जानको लागि अनुमति दिने निर्णय गरेको हो।

‘जापान र हङकङको भिसा भएका र यहाँ आएकालाई जान अनुमति दिने निर्णय गरियो’, उच्चस्तरीय समन्वय समितिका प्रवक्ता नारायणप्रसाद विडारीले भने।

जापान र हङकङमा स्थायी बसोबास भएकाहरू घुम्नका लागि नेपाल आएका, छुट्टीमा आएकाहरूलाई जान दिइने उनले बताए। ‘तर उनीहरू आफ्नै खर्चमा जानुपर्छ। सरकारले जान अनुमतिमात्र दिएको हो’,उनले भने।

लकडाउन लम्बिन सक्ने

यसैबीच सरकारले जारी लकडाउन थप्ने तयारी गरेको छ।

लकडाउन थप गर्ने वा नगर्ने विषयमा छलफल गर्न विशेषज्ञहरूलाई बोलाइएको थियो। सो छलफलमा विशेषज्ञहरूले लकडाउन थप गर्न सुझाव दिएका बैठकमा उपस्थित एक मन्त्रीले बताए।

ती सुझावलाई भोलि बस्ने समितिको बैठकमा छलफल गरिने र मन्त्रिपरिषद् बैठकमा पेश गरिने ती मन्त्रीले बताए।

सरकारले पछिल्लो समय थपेको लकडाउनको अवधि आगामी जेठ ५ गते सकिँदैछ ।

प्रकाशित मिति : २ जेठ २०७७, शुक्रबार  ३ : ४५ बजे

सम्पत्ति विवरण बुझाउने म्याद असार मसान्तसम्म थप

काठमाडौं– सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण बुझाउने म्याद असार मसान्तसम्म

नेतृत्व पाएसँगै नवप्रवर्तन मन्त्रालयले थाल्यो काम

काठमाडौं– नेतृत्व पाएसँगै नवगठित विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयले संस्थागत

भूमिहीन नागरिकको जग्गा व्यवस्थापनका लागि नाप नक्सा

महेन्द्रनगर– यहाँका स्थानीय तहले अव्यवस्थित बसोबासी र भूमिहीन नागरिकको जग्गा व्यवस्थापनका

‘एक घर-एक मिनीटिलर’ अभियानले पौवादुङमाका किसान उत्साहित

भोजपुर– यहाँको पौवादुङमा गाउँपालिकाले अनुदानमा हातेट्याक्टर वितरण गरेपछि किसान उत्साहित

हावाहुरीले विनय त्रिवेणीमा २० भन्दा बढी घरमा क्षति

काठमाडौं– मंगलबार साँझ आएको हावाहुरी सहितको वर्षाले पूर्वी नवलपरासीको विनय