१० वर्षभित्र मध्यम आय भएको मुलुकमा पुग्ने सरकारी घोषणा « Khabarhub

१० वर्षभित्र मध्यम आय भएको मुलुकमा पुग्ने सरकारी घोषणा


२ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले अबको १० वर्षभित्रै मध्यम आए भएको मुलुकमा पुग्ने घोषणा गरेको छ ।

संघीष संसदका दुबै सदनमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी विक्रम संवत २०८७ साल अगाबै मध्यम आय स्तर भएको मुलुकमा स्तरोन्नती हुने लक्ष्यमा सरकार दृढ रहेको बताएकी छन् ।

सम्बोधनका क्रममा उनले भनेकी छन्, ‘सरकारको यही कार्यकालभित्र विकासशील राष्ट्रको पंत्तिमा र विक्रम संबत् २०९९ सालसम्ममा नेपाललाई समुन्नत राष्ट्रको स्तरमा पुर्‍याउने गरी आर्थिक र सामाजिक विकासका योजना र कार्यक्रमहरु अघि बढाइएको छ ।’

नीति तथा कार्यक्रमम सरकारले २ वर्षको अवधिमै उत्साहजनक उपलब्धी हासिल गरेको समेत बताएकी छन् ।

१४ भन्दा बढी विश्व सूचकमा हासिल गरेको सफलता कार्यक्रमको प्रभावकारीताले सरकारी सफलतालाई मापन गरेको तथा विकास र समृद्धिको बलियो आधारशिला तय भएको दावी गरिएको छ ।

प्रकाशित मिति : २ जेठ २०७७, शुक्रबार  ४ : ४६ बजे

नारायणगढ-मुग्लिन सडक खुल्यो

चितवन– सुक्खा पहिरो खसेर अवरुद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालनमा आएको छ

बार एसोसिएसनको बैठक बस्दै, प्रधानन्यायाधीशमा भएको सिफारिसबारे धारणा तय गर्ने

काठमाडौँ– नेपाल बार एसोसिएसनको आकस्मिक बैठक आज बस्दैछ । बैठक

आठ विश्वविद्यालयमा उपकुलपति पदका लागि दरखास्त आह्वान

काठमाडौं– विभिन्न आठ विश्वविद्यालयमा रिक्त रहेको उपकुलपति पदका लागि दरखास्त

इलाममा ३७८ परिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण

इलाम– भूमि समस्या समाधान आयोग जिल्ला समिति इलाममार्फत भूमिहीन दलित,

ट्राफिक कारबाहीमा एकैदिन १८ लाख ७६ हजार राजस्व संकलन

काठमाडौं– बितेका २४ घण्टामा एक हजार ८०६ सवारी चालक सवारी