सबै प्रदेशमा ५ सय शय्याको विशेषज्ञ अस्पताल बनाउने सरकारी घोषणा « Khabarhub

सबै प्रदेशमा ५ सय शय्याको विशेषज्ञ अस्पताल बनाउने सरकारी घोषणा


२ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले मुलुकका सबै प्रदेशमा ५ सय शय्याको विशेषज्ञ अस्पताल बनाउने घोषणा गरेको छ ।

सरकारको नीति तथा कार्यक्रम संघीय संसदमा प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले सबै प्रदेशमा समेटिने गरीका विभिन्न ७ अस्पताललाई ५ सय शय्याको विशेषज्ञ अस्पतालको रुपमा स्तरोन्नती गर्ने कार्यक्रम सार्वजनिक गरेकी हुन् ।

घोषित कार्यक्रम अनुसार गण्डकी प्रदेशको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र कर्णाली प्रदेशको कर्णाली स्वास्थ्य  विज्ञान प्रतिष्ठान जुम्लालाई ५ सय शय्याको विशेषज्ञ अस्पतालको रुपमा स्तरोन्नती गर्ने भएको छ ।

यस्तै प्रदेश नम्बर १ को विराटनगरस्थित साविकको अञ्चल अस्पताल कोशी अस्पताल,  प्रदेश नम्बर २ को वीरगञ्जमा रहेको नारायणी अस्पताल, वाग्मती प्रदेशको चितवनस्थित भरतपुर अस्पताल,  प्रदेश ५ को  बाँकेस्थित भेरी अस्पताल र सुदुरपश्चिम प्रदेशको डडेल्धुरा अस्पताललाई ५ सय शय्याको अस्पताल बनाउने घोषणा गरेको हो ।

यस्तै प्रदेशस्तरमा रहेका साविकका जिल्ला अस्पताललाई २५ देखि ५० शय्या र अञ्चल अस्पताललाई २ सय शय्याको जनरल अस्पतालमा स्तरोन्नती गरिने घोषणा गरिएको छ ।

प्रकाशित मिति : २ जेठ २०७७, शुक्रबार  ५ : २५ बजे

लक्ष्मीपुरमा कृषि तथा पोषण मेला

सिरहा– स्थानीय उत्पादन प्रवर्द्धन गर्ने उद्देश्यले यहाँको लक्ष्मीपुरपतारी गाउँपालिकास्थित लक्ष्मीपुरपतारीमा

आज मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा शुक्रबार बिहान ११ बजे

अमेरिका–इरानबीच फेरि तनाव, दुवै पक्षबाट आक्रमण

काठमाडौं– अमेरिका र इरानबीच भएको एक महिनाअघि सम्पन्न युद्धविरामपछि फेरि

प्रधानन्यायाधीश सिफारिसमा पोखरेलको टिप्पणी– ‘सरकार न्यायालयलाई नियन्त्रणमा राख्न खोज्दैछ’

काठमाडौँ– नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले संवैधानिक परिषद्को पछिल्लो निर्णय

यातायात व्यवसायी महासंघको महाधिवेशनका लागि मन्त्री लम्सालको शुभकामना

काठमाडौं– भौतिक पूर्वाधारमन्त्री सुनील लम्सालले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघद्वारा