काठमाडौंका ३१ जनामा देखियो ‘र्‍यापिड टेस्ट रिपोर्ट’ पोजेटिभ « Khabarhub

काठमाडौंका ३१ जनामा देखियो ‘र्‍यापिड टेस्ट रिपोर्ट’ पोजेटिभ


२ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं महानगरपालिकामा काम गर्ने ३१ जनामा कोरोना भाइरस (कोभिड-१९) पोजेटिभ देखिएको छ।

शुक्रबार गरिएको र्‍यापिड डाइगोनेस्ट परीक्षणमा ३१ जानाको पोजेटिभ देखिएको महानगरपालिकाका स्वास्थ्य विभाग प्रमुख नरेन्द्र विलास बज्राचार्यले बताए। पोजेटिभ देखिएका अधिकांश सफाइ कर्मचारी रहेको उनले बताए।

महानगरले स्वास्थ्य विभागको समन्वयमा विहीबारबाट परीक्षण थालेको थियो । शुक्रबार ९ सय ३४ जनाको कोरोना परीक्षण गरिएको जानकारी दिएको छ ।

जसमध्ये आडीटी विधिबाट ६सय ६४ र पीसीआर विधिबाट २ सय ७० जनाको परीक्षण गरिएको महानगरपलिकाको स्वास्थ्य विभाग प्रमुख बज्राचार्यले जानकारी दिए ।

पीसीआर विधिबाट टेस्ट गर्दा लामो समय लाग्ने भएकाले आरडीटी विधिबाट पनि परीक्षण गरिएको उनले बताए। सफाई कर्मचारीको कोरोना परिक्षण महानगरपालिका र स्वास्थ्य सेवा विभागको समन्वयमा भएको थियो।

आरडीटीमा पोजेटिभ देखिएका सबै कर्मचारीको स्वाब निकालेर पीसीआर परीक्षणका लागि पठाइएको उनले जानकारी दिए ।

प्रकाशित मिति : २ जेठ २०७७, शुक्रबार  ६ : ३८ बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका