पाँच जनामा कोरोना सङ्क्रमण देखिएपछि लकडाउनमा कडाइ « Khabarhub

पाँच जनामा कोरोना सङ्क्रमण देखिएपछि लकडाउनमा कडाइ


२ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ उपत्यकाको मुख्य प्रवेशद्वारमा रहेको चन्द्रागिरि नगरपालिकाले पाँच जनामा कोरोना परीक्षण रिपोर्ट पोजेटिभ देखिएपछि लकडाउनलाई कडाइ गर्न लागेको छ ।

नगरपालिकाले सशस्त्र प्रहरी अस्पताल बलम्बुमा ४८५ लाई गरेको पिसिआर परीक्षणमा पाँच जनाको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएपछि लकडाउनलाई कडाइ गर्न लागेको हो । परीक्षण गरिएका ४८५ मध्ये ७२ जनाको रिपोर्ट आउन बाँकी रहेको छ ।
पोजेटिभ रिपोर्ट आएकामध्ये वडा नं ९ मच्छेगाउँका एक, वडा नं १ दहचोकका एक, वडा नं १२ बलम्बुका एक र दुई सशस्त्र प्रहरी बलमा कार्यरत व्यक्ति रहेका छन् । सशस्त्रका दुईमध्ये एकजना अस्पतालमा कार्यरत र अर्को एकजना भक्तपुरको दुवाकोटमा बस्दै आएका थिए ।

नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले चन्द्रागिरिमा कोरोना सङ्क्रमितको सङ्ख्या बढेकाले नगरपालिकाभित्र तीन दिनका लागि लकडाउनलाई कडाइ गर्न लागेको जानकारी दिए । “भोलिदेखि तीन दिनसम्म नगरपालिकाभित्रका औषधी पसलबाहेक अन्य पसल र नगरपालिकाभित्र हुँदै आएका विकास निर्माणका कार्यलाई सञ्चालनमा रोक लगाउने निर्णय गरेका छौँ”, उनले भने ।

बिरामी मानिस हिँडडुल गर्नुपरेमा सामाजिक दूरी कायम राखी, स्यानेटाइजर, माक्स र पञ्जा लगाएर मात्र हिँड्न आग्रह गरिएको प्रवक्ता महर्जनले बताए । नगर प्रमुख घनश्याम गिरीले चन्द्रागिरिमा कोरोना सङ्क्रमितको सङ्ख्या बढेसँगै चेकजाँचको सङ्ख्यालाई समेत वृद्धि गरिएको जानकारी दिए ।

प्रकाशित मिति : २ जेठ २०७७, शुक्रबार  ८ : ०२ बजे

लक्ष्मीपुरमा कृषि तथा पोषण मेला

सिरहा– स्थानीय उत्पादन प्रवर्द्धन गर्ने उद्देश्यले यहाँको लक्ष्मीपुरपतारी गाउँपालिकास्थित लक्ष्मीपुरपतारीमा

आज मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा शुक्रबार बिहान ११ बजे

अमेरिका–इरानबीच फेरि तनाव, दुवै पक्षबाट आक्रमण

काठमाडौं– अमेरिका र इरानबीच भएको एक महिनाअघि सम्पन्न युद्धविरामपछि फेरि

प्रधानन्यायाधीश सिफारिसमा पोखरेलको टिप्पणी– ‘सरकार न्यायालयलाई नियन्त्रणमा राख्न खोज्दैछ’

काठमाडौँ– नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले संवैधानिक परिषद्को पछिल्लो निर्णय

यातायात व्यवसायी महासंघको महाधिवेशनका लागि मन्त्री लम्सालको शुभकामना

काठमाडौं– भौतिक पूर्वाधारमन्त्री सुनील लम्सालले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघद्वारा