लिपुलेक विवादमा नेपाललाई कसैले उचालिरहेको भारतीय सेना प्रमुखको दाबी « Khabarhub

लिपुलेक विवादमा नेपाललाई कसैले उचालिरहेको भारतीय सेना प्रमुखको दाबी


२ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतीय सेना प्रमुख जनरल मनोज नरवणेले लिपुलेक विवादमा नेपाललाई कसैले उचालिरहेको दाबी गरेका छन्।

उनले अरु कसैको निर्देशनमा कालापानी क्षेत्रमा भारतले बनाएको सडकबारे नेपालले आपत्ति जनाएको दाबी गरेका हुन् । तर नेपाललाई कसले उचालिरहेको छ भन्नेबारे उनले कसैको नाम भने लिएका छैनन्। उनले चीनलाई संकेत गरेको हुन सक्ने अनुमान गरिएको छ।

भारतीय रक्षा मन्त्रालयअन्तर्गतको थिंक ट्यांक द मनोहर पर्रिकार इन्स्टिच्युट अफ डिफेन्स स्टडिज एन्ड एनालाइसिस (आइडिएसए) ले गरेको कार्यक्रममा प्रधानसेनापति नरवानेले कालापानी क्षेत्रमा नेपाली पक्षले आपत्ति जनाउनु पर्ने कुनै कारण नभएको बताएका छन् ।

उनले कालापानीपूर्वको भूभाग नेपालको हो भन्दै सडक नदीभन्दा पश्चिममा बनाइएकाले नेपालीहरू केका लागि विरोध गरिरहेका छन् भन्ने बारे बुझ्न नसकेको बताएका छन् ।

उनले भारतले बनाइरहेको सडकले कसैमाथि हस्तक्षेप वा अन्तरविरोध नभएको समेत दाबी गरेका छन्।

उनले त्रिपक्षीय (नेपाल, भारत र चीनको) जक्सन कहाँ हुनुपर्छ भन्ने मुद्दा टुंगिन बाँकी रहेको उल्लेख गर्दै उनले भने, ‘नेपालले अरू कसैको निर्देशनमा यो मुद्दा उठाएको हुन सक्छ ।’

भारतीय रक्षा मन्त्री राजनाथ सिंहले गत साता धार्चुलाबाट नेपालको कालापानी हुँदै मानसरोवर जोड्ने  सडक ट्रयाक उद्घाटन गरेपछि नेपालमा विरोध भएको छ ।

यसअघि कालापानी पश्चिम काली नदी पूर्वको लिम्पियाधुरासहितका नेपाली गाउँलाई भारतको नक्सा हालेर प्रकाशित गरेपछि पनि नेपालमा विरोध भएको थियो ।

प्रकाशित मिति : २ जेठ २०७७, शुक्रबार  ८ : १२ बजे

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी