नीति तथा कार्यक्रमबारे गगन थापाको व्यंग्य- कोरोनाको डर छैन, धन्यवाद मेरो सरकार ! « Khabarhub

नीति तथा कार्यक्रमबारे गगन थापाको व्यंग्य- कोरोनाको डर छैन, धन्यवाद मेरो सरकार !


२ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पूर्वमन्त्री एवम् नेपाली कांग्रेसका सांसद गगन थापाले सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि व्यंग्य गर्दै अब ढुक्क भएको बताएका छन् ।

सरकारले शुक्रवार आगामी आर्थिक वर्षको लागि ल्याएको नीति तथा कार्यक्रममा कोरोना सम्बन्धि उल्लेख नगरिएको भन्दै नेपालमा कोरोनाले प्रभाव नदेखिएको भन्दै व्यंग्य गरेका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्- “नीति तथा कार्यक्रम आउनु अगाडि डराएको थिए अब ढुक्क भएँ । कोरोनाले नेपालमा खासै प्रभाव नै पारेको रहेनछ । ”

साथै ढुकुटी पनि दह्रै भएको, साधन स्रोत प्रशस्त भएको, ठिकठाक मात्र नभएर यो वर्ष चमत्कार हुने भन्दै नीति तथा कार्यक्रम प्रति असन्तुष्टी जनाएका छन् ।

सरकारले प्रस्तुत गरेका नीति तथा कार्यक्रम भनिएका कुरामा असन्तुष्टि जनाउँदै थापाले देश प्रदेशमा भएका कोही पनि आत्तिनुपर्ने अवस्था नरहेको भन्दै व्यंग्य गर्दै सरकारलाई धन्यबाद समेत दिएका छन् ।

“देश परदेश मा भएको कोही पनि आतिनु पर्ने रहेनछ । सरकार त पाएकै हो । धन्यवाद मेरो सरकार ।’

प्रकाशित मिति : २ जेठ २०७७, शुक्रबार  ११ : २७ बजे

डडेलधुरामा जिप र अटो ठोक्किँदा एक जनाको मृत्यु

अमरगढी – डडेलधुरा जिल्लाको रामपुरमा अटो र जिप ठोक्किँदा एक

क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त

काठमाडौं – नेपाली क्रिकेटका प्रशिक्षक जगत टमाटा राष्ट्रिय खेलकुद परिषद्

बीपीएलमा सन्दीपको सुखद् सुरुवात, लिए दुई विकेट

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)को उद्घाटन खेलमा नेपाली लेग

निर्वाचन ६८ दिन बाँकीः को हुन् निर्वाचनका अस्थायी मतदाता ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको

आजको मौसम पूर्वानुमान : दिनभर तराईमा हुस्सु

काठमाडौं – देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ ।