पाकिस्तानका एक मन्त्रीले लेखे- ‘नेपालका साहसी जनप्रतिनिधिलाई बधाई !’ « Khabarhub

पाकिस्तानका एक मन्त्रीले लेखे- ‘नेपालका साहसी जनप्रतिनिधिलाई बधाई !’


१ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रतिनिधिसभाले कालापानी, लिपुलेक तथा लिम्पियाधुरा समेटिएको नक्सालाई राष्ट्रिय निशान छापमा समावेश गर्ने गरी संविधानको संशोधन प्रस्ताव पारित गरेसँगै दिपावलीसहित खुशीयाली मनाइएको छ ।

भारतले ऐतिहासिक तथ्य वा प्रमाण नभएको प्रतिक्रया दिइरहँदा पाकिस्तानी एक मन्त्री नेपालीहरुको साहसको प्रसंशा गरेका छन् ।

लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटिएको नयाँ नक्सा पारित भएकोमा उनले नेपाललाई बधाई दिएका हुन् ।

पाकिस्तानका विज्ञान तथा प्रविधि मन्त्री फवाद हुसेन चौधरीले अल जजीराको एक समाचार ट्वीट गर्दै नेपाललाई बधाई दिएका हुन् ।

उनले लेखेका छन् ‘नेपालका साहसी जनताका प्रतिनिधिहरुलाई बधाइ । तपाइँहरुले नक्सा संशोधन गर्नुभएको छैन, तपाइँहरुले कथित ठूला देशहरुले गरेको आक्रमण र बदमासीविरुद्ध सम्मानजनक राष्ट्रले कसरी प्रतिक्रिया जनाउँछन् भन्ने देखाउनुभएको छ ।’

प्रकाशित मिति : १ असार २०७७, सोमबार  ८ : ५१ बजे

आज २०८३ साल असोज १६ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १६ गते शुक्रबार सन् २०२६

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप