वुहानका २६ वर्षीय युवकको तौल बढेर २८० किलो पुग्यो, चिकित्सक आश्चर्यचकित ! « Khabarhub

वुहानका २६ वर्षीय युवकको तौल बढेर २८० किलो पुग्यो, चिकित्सक आश्चर्यचकित !


१ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- चीनको वुहानका एक २६ वर्षीय युवकको तौल अस्वभाविक तवरले बढेको देखेर चिकित्सकहरु नै आश्चर्यचकित बनेका छन् ।

वुहानमा कोरोना भाइरसको संक्रमण देखिएपछि लागू गरिएको लकडाउनको समयमा ती युवकको तौल अस्वभाविक तवरले बढेको जनाइएको छ ।

लकडाउनको अवधिमै ती युवकको तौल १ सय किलो बढेको समाचारमा जनाइएको छ । ती व्यक्ति वुहानका सबैभन्दा धेरै तौल भएका व्यक्ती समेत बनेका छन् ।

डेलीमेलका अनुसार ती युवकको नाम झोङ हो । उनी ५ महिनादेखि घरमै थिए । आश्चर्यजनक तरिकाले उनको तौल बढ्यो र उनी बिरामी परे । बिरामी सँगै अस्वभाविक तवरले उनको तौल बढेपछि उनलाई अस्पताल भर्ना गरिएणको छ ।

चिकित्सकले पाँच महिनामा ती युवकको तौल १ सय किलो बढेको बताएका छन् । अब उनको तौल २ सय ८० किलो पुगेको छ । उनी अहिले वुहान विश्वविद्यालयको झोङनान् अस्पतालमा भर्ना भएका छन् । चिकित्सले तौल बढ्नुको कारणबारे अनुसन्धान जारी राखेका छन् ।

सन् २०१९ को अन्तिमसम्म उनको शरीरको तौल जम्मा १ सय ७७ थियो । लकडाउनपछि उनको तौल अचानक बढेको हो ।

चिकित्सकले तौल कम गर्नका लागि अन्तिम विकल्पकोरुपमा शल्यक्रिया गर्ने निर्णय गरेका छन् ।

 

प्रकाशित मिति : १ असार २०७७, सोमबार  ९ : ५२ बजे

‘समृद्धिको महान् उद्देश्य लिँदा कहिलेकाहीँ धक्का लाग्छ, पार्टीलाई बलियो बनाए माथि उठ्न सकिन्छ’

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई बलियो बनाएर

एमालेका मनोनीत केन्द्रीय सदस्यहरुले गरे शपथ ग्रहण

काठमाडौं– नेकपा एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले शपथग्रहण गरेका छन् ।

भाषा आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष भाषा आयोगका कार्यवाहक अध्यक्ष कृष्णप्रसाद न्यौपानेले

करदाता प्रोत्साहन उपहार : पर्साका लालबाबुले पाए १० लाख

काठमाडौं– करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत असोज १ देखि १५ गतेसम्मको

विधान संशोधनमा पूर्वसभापतिको मर्यादा र स्थान समेटिने छ : प्रवक्ता चालिसे

काठमाडौं– नेपाली कांग्रेसले असोज १८ गतेदेखि काठमाडौंमा सुरु हुने पार्टीको